धवलागिरिमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी

  • २२ पुष २०७५, आईतवार
  • 1624 पटक पढिएको

बेनी २२ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २६ देखि २९ गतेसम्म शिवाङको हेम माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाको शिक्षा शाखाका संयोजक तथा स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोेगितामा छात्र÷छात्रा भलिबल र एथलेटिक्स बिधाका १४ खेल सञ्चालन गरिने भएको छ । धवलागिरी गाउँपालिकाकामा रहेका १० वटा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले एक लाख रुपैयाँ बजेट पठाएको छ भने गाउँपालिकाले छ लाख रुपैयाँ बिनियोजन गरेको जनाएको छ ।