दृष्टिविहीन दम्पत्तीका छोरीहरुको शिक्षाका लागि कतारबाट सहयोग

  • ३० चैत्र २०७३, बुधबार
  • 4015 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमका दृष्टिबिहीन दम्पत्तीका छोरीहरुको शिक्षाका लागि कतारबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

मंगला गाउँपालीका ५ अर्मनको छिसवाङ घर भई हाल कतारमा रहनुभएका मोना कतारका सचिव तारा क्षेत्रीले दृष्टिबिहीन जलन र सुस्मीता बिकका छोरीहरुको पढाईका लागि नगद दुई हजार १०० रुपैया सहयोग गर्नुभएको हो ।

हाल पर्वतको लामाखेतमा बस्दै आएका बिक दम्पत्तीका ४ छोरीहरु आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित भएको समाचार प्रकाशन, प्रशारण भएपछि क्षेत्रीले पठाउनुभएको सो रकम समन्वयकर्ता लक्ष्मण कटुवाल, पत्रकार सन्तोष गौतम र कमल खत्रीले बुधबार हस्तान्तरण गर्नुभएको हो ।

बालीकाहरुलाई नेपाल विद्यार्थी संघ म्याग्दीले पोशाकको ब्यवस्था गरेर कालीपुलको बालमिन्दर प्राबिमा भर्ना गरी परिक्षा दिने व्यवस्था मिलाएको थियो । यसैगरी दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठिदानबाट खाद्यान्न सहयोग गरेका थिए ।