भाईको गर्लफ्रेन्डसंग इङ्गेजमेन्ट (भिडियाेसहित )

  • १९ पुष २०७५, बिहीबार
  • 2677 पटक पढिएको

बेनी, १९ पुष । अनौठो घटना, भाइ बिदेश भएको बेला आफ्नै दाजुले भाइकै गर्लफ्रेन्ड संग इङ्गेजमेन्ट गरेका छन । यो कुरा सत्यतामा नभयर भर्खरै बजारमा आएको गिति एल्बुम मायाँ मायाँको हो ।रोजगारको शिल्शिलामा कतार पुगेका तिलु शर्मा पौडेलले अभिनय गरेको गितमा ‘मायाँ बिदेशमा बस्दा समाजमा हुने घटना र हुने सम्भावनालाई देखाउन खोजिएको छ। यो गितमा मात्रै सिमित नभएर सत्यमा पनि परिणत भएको छ।
वैदेशिक रोजगारिको कारण युवायुवतिबिच हुने प्रेम सम्बन्धमा आईपर्ने बाध्यताहरुलाई समेटेर तयार गरिएको ‘‘मायाँ मायाँ’’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । क्रियटिभ मिडिया पोडक्सनको प्रस्तुतीमा तयार गरिएको सो गितको म्युजिक भिडियोलाई युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो ।

बेनीका कलाकार धु्रव जिसी र गायिका देबी घर्तीको स्वर रहेको सो गितमा नकुल ढकालले शब्द तथा लय संकलन गरेका छन् । इन्द्र जिसीले एरेन्ज गरेको सो गितको म्युजिक भिडियोमा तिलु शर्मा पौडेल( तिलुबाबा), सिमान्त बानियाँ र सुनिल बानियाँको अभिनय रहेको छ । युवा निर्देशक भुपेन बानियाँले निर्देशन तथा सम्पादन गरिएको म्युजिक भिडियोको छायाङकन सुमि बानियाँ र सह–छायांकन अनुप बानियाँले गरेका छन् ।