“आमा” को जीवन कथा

  • १५ पुष २०७५, आईतवार
  • 3838 पटक पढिएको

 

चाउरी परेको गाला,झरेर केही बाकी रहेको काला
दातका ठोसाहरु,फुलेर सेतै भएका कपालहरु !!

थरथर काप्न्ने हातगोडा नजिकको वस्तु नि ठमाउन
धौधौ पर्ने आखाहरु!!

केही मनका कुराहरु व्यक्त गर्न खोज्दा लरबराउने बोली
अरुले चर्को स्वरमा बोल्दा पनि नसुन्ने कानहरु!

उनी आज धेरै हन्डर,ठक्करहरु खाएर यो बृद्धअबस्था
मा सडकको किनारामा आइपुगेकी छिन!

विगतलाई आफ्नो मनसपटलमा घुमाउछिन
ती दिनहरु सम्झन थाल्छिन

जवानीमा उनी धेरै सुन्दर थिइन,धेरै नवयुवकहरु
माया,प्रेमका प्रस्ताव अनि हात भरी उपहार र गुलाबका
फुलहरु लिएर.. उनलाइ मरिहत्ते गर्थे

उनी पनि चलाख र चतुर थिन .. प्रेमी भन्दा हासेर सबलाइ
साथी,दाजुभाइ बनाउन खप्पिस थिन

स्कुल,कलेज हुँदै उसका दिनहरु राम्रो नै बितेको थियो
घरपरिवार मा उ सबैको प्यारी र स्नेही थिन

चारैतिरको उनको चर्चा नै चर्चा चल्ने गर्दथ्यो
उ पढाइमा नि अव्बल ,सधै टप हुन्थिन
कहिले उनले जीवनमा दु:ख र अभाव भोक्नु परेन!!

उनको बुवा समाजका प्रतिष्ठित र धन्याढय थिए
आमाको नि आफ्नै रवाफ र शान थियो

इस्टमित्र,आफन्त सबको आफ्नो लाइफ स्टाइल थियो
सधै घुमफिर,हासी मजा र पार्टी चली रहन्थ्यो!!

के खाने,के लाउने केही,के चडेर हिड्ने
कहिले अभाव भएन ,देश-बिदेश मा
फेमिली टुर भइ रहन्थ्यो

…..यसै गरि उनको जीवनको सुन्दर,रमाइलो
दिनहरु बितिरहएको थियोे

उनी २१ वर्ष पुरा भएर २२ वर्ष मा प्रवेश गर्न लाग्दा
एक सम्पन्न परिवारमा आफ्नो सस्कार अनुसार

सारा दुनियाँले चारै तिर चर्चा गर्ने गरि
धुमधाम सित बिहे हुन्छ ,भोज ,पार्टी कति हो कति

उ सुन्दर कपडा र गहना सजिएर राजकुमारी
भन्दा कम देखिएकी छैन ।पार्टी मा आएका
हरेक व्यक्ति-व्यक्तिको मुखमा नव दुलाह दुहलीको
कुरा चलिरहेको छ।

३२ नै लक्षणले युक्त,मृग नयनी,काला लामा केश राशी
शेरनीको झै छिनेको बारुकी कम्मर, टल्कने
मोती जस्ता दात , राज हासको जस्तो हिडाइ

कति सुकोमल छिन .कोही भन्छन
स्वर्गबाट झरेकी परि नै हुन कि यस्तै-यस्तै थुप्रै कुराहरु

जीवन राम्रो चली रहेको थियो।क्रमश उनका
3 छोरा र एक छोरी हुन्छन,श्रीमान आफ्नो
विजनेशन व्यापारमा व्यस्त..छोराछोरी सगै घरमा हुनु भएको
सासु-ससुरा,जेठाजु-जेठानी देवर-देवरानी,नन्द-आमाजु
भान्जा-भान्जीको स्याहारमा एक चित्तले तलिन हुन्छिन!!

यसै गरि दिनहरु,महिना र वर्षहरु बित्दै गएर ,
परिवारको कोही सदस्य यो संसार छोडेर गए..
कोही आफ्नो-आफ्नो परिवार सम्हालेर बस्न थाले.
…छोराछोरी नि बढेर ठुला भएर उच्च शिक्षा हासिल गर्न
कोही बिदेश जान लागे

अब उनको शरीरमा पहिलाको जस्तो
जोश,तागत र बल कम हुदै गएको छ।

छोराछोरीको नि विवाह हुन्छ..घरमा बुहारी भित्रीएर
आउछिन…आफ्नो व्यापार अब छोराले सम्हाल्छ!
र बुवालाइ आराम दिन्छ.. केही दिन पछि बुहारीले
घरमा राज जमाउछे..

छोरी नि बिदेश मा नै आफ्नो संसार सजाउछे
यता घरमा तीन भाइ छोराको तालमेल मिल्दैन
घरमा दिनहुँ जस्तो कलह,झगडा भइ रहन्छ।

उनका श्रीमान पनि रोगी हुन्छन,औसधी उपचारमा
धेरै धन राशि खर्च हुन्छ..लाखौं कोसिस गर्दा पनि
केही सीप नलागेर ..परिवारलाई एक्लो पारेर कहिले
न फर्केने वाटो जान्छन् …

अब उनी आफुलाइ एक्लो,बेसाहारा भएको
महसुस गर्छिन..दिनहुुँ घरमा सबको हेला र
तिस्कारको पात्र बन्छिन..

हुन पनि हो ..अब उनी बुढी भै सकिन पहिलो
जस्तो अवस्था छैन .राम्रो सङ काम गर्न
सक्दिन..नत राम्रो कपडा लाउन आउँछ
न कोही शीत मीठो बोल्न आउँछ।

उनको श्रीमानको मृत्युले मनमा गहिरो चोट परेको छ
त्यसैले उनी छिन मा हास्ने र छिन मा रुने

अरुलाइ गाली गौलज गर्छिन..आफ्ना नातिनातिनाले
चलेको,हल्ला गरेको झिजो लाग्न थाल्छ!!

घरमा आमाको यस्तो अवस्था देखि छोराबुहारी र
अन्य सदस्यहरु हैरान हुन्छन।

दिक्क र वाक्क मान्छन ..र समाज आफ्नो इज्जत घटेको
ठान्दछ्न ..कतै हिडन पनि गारो भएको हुदा
सबलाइ आमाको स्वाभाव र व्यवहार देखि भित्र-भित्र
जल्छन।

दाजुभाइमा.. त पाल आमा म सक्दिन यति
चन्डाल कुरुप,फोहरी र गनगने बुढीलाइ पाल्न

आफ्नो समाजमा कस्तो इज्जत छ।
दिनहु घरमा पार्टी र मीटिग भइ रहन्छ!
कति मान्छे घरमा आइरहेका हुन्छन

फेरि कोहि नया मान्छे देख्ने बितिकै उनी
एकोहोरो कराउन थाल्छिन..गाली गर्छिन
आएका पाहुना हरु मुखामुख गर्न थाल्छन

यस्तो अवस्था देखेर छोराबुहारीलाइ जीउँदै
मरेको जस्तो फिल हुन्छ..

.आमालाइ धेरै गाली दिन्छन अनि भन्छन यस्ती शुत्र
जस्ती आमा कसैको नहोस भन्दै भगवान शीत पुकार गर्छन

के थाहा उनीहरुलाइ आमाको मन भित्रको
दु:ख,वेदना र आफ्नो पियारो मान्छे गुमाउनु
पीडा कस्तो हुन्छ भनेर ..

हो उनी तेही पिडा लाई कम गर्न माया ,स्नेह र आफ्नो पन
खोजी रहेकी छिन..कहिले कसैले बुझ्ने कोसिस गरेन

कहाबाट समय मिलोस परिवार का सदस्य लाई
सब आफ्नो -आफ्नो काममा व्यस्त ..एक छिन पनि
कोही कसै शीत कुरा गर्ने वोल्ने फुर्सद नै छैन..

ती बुढी सित को बोलोस,कसले उसको पीडा सुनोस
कस्ले उसलाई सफा सुग्घर गरिदिओस
कस्ले मीठो बनाएर खुवाउनु !!

एक दिन छोराबुहारीहरुले सल्लाह गरेर
एक बृद्ध आश्रम लागेर राखी दिने र
त्यो आश्रम मा आफुले केही सहयोग गर्ने
सोच बनाउछ्न….त्यहा गएर सब कुरा मिलाउछन

अबो ती बुढी सित छुटकारा पाइने भो भनी
धेरै खुसी हुन्छन.. आज त गैहाल्छे भनेर बुहारी ले

धेरै वर्ष पछी आमालाइ मिठो-मीठो बनाएर खुवाउछ्न
उनलाइ नुहाइ धुवाइ गराएर घाम राखेर तेल लागाइ दिन्छन

आमा सोच्न बाध्य हुन्छिन..हैन आज सुर्य कहाँ बाट
उदायो…सधैं झर्को-फर्को गर्ने बुहारी हरुको व्यवहार देखेर

हो उनी वर्सौ देखि यस्तै प्रेम र आफ्नोपनको खोजीमा
थिइन…जुन आज ले उनलेे पाइन..आज धेरै दङ्गदास छिन

बिचरी उनलाई के थाहा त्यो त देखाउनको लागि मात्रै हो
अब उनले यो घर छोडेर कतै वृद्घा आश्रम मा जानू छ भनेर

छोराले भन्छ..आमा आज तपाइको औसधी उपचार गर्ने
हिडनु होस अस्पताल जाउ…आमा खुसीले
गदगद हुन्छे ..छोराले गाडीमा बसाउछ।साथमा
बुहारी नि बस्छे!!

गाडी रफतार मा हुकिन्छ… केही घण्टा को यात्रा
प्रश्चात आश्रम को गेट मा पुगेर हर्न बजाउछ

पालेले गेट खोली दिन्छ।गाडी भित्र लान्छ र पार्किङ गर्छ
बुहारीले उनलाइ गाडी बाट निकालेर अफिस तिर

लाउन्छन आश्रम संचालक सङ
आमालाइ डाक्टर साहेब भन्दै चिनाउछ्न….

त्यहा संचालकले नि डाक्टरको अभियन गर्छ
केही छिन मा त्यहा कि सेबिका नर्स भनेर आउछिन

आमा लाइ राम्रो सित जाँच गर्ने भन्दै अर्को कोठा तिर
लान्छिन….

यता सबको कुरो मिलाएर छोराबुहारी बिदा हुन्छन
समय -समयमा खातामा पैसा हालीदिने भन्दै

अबो उनी कोठा बाट बाहिर आउछिन त न छोरा न बुहारी
उनले त्यहा आफू जस्तै अनि अझै अशक्त मान्छे हरु
देख्छे.. र झसङ्ग हुन्छे …कहालिएर रुन कराउन थाल्छे

समय बित्दै गयो…उनको स्वाभावमा झन परिवर्तन हुन थाल्यो
शरीर कम्जोर हुन थाल्यो।सबलाइ कराउने
,मुख छाड्ने प्रवृत्ति बढ्यो ।

यस्तो देखेर वृद्धा आश्रम संचालक र सबै हैरान हुन्छ्न।
आफ्नो छोराछोरीले त हेरेन..हामलाइ के
खाचो भन्दै रातको समय मा तेहा बाट निकाली दिन्छ!!

उनी त्यहा बाट कराउदै ,गाली गर्दै अधेरी रात मा सडक
सडक चाहार्छिन……………. उ
आज निन्तात एक्लो छे …
सब छन ..तर साथ मा कोही छैन …….

उ आज हरेक सडक किनारा ,मन्दिर,पाटीपौवा
र बाटो मा आफ्नो बूढो शरीर लिएर मृत्यु कुरेर बसी रहेछिन….

आफ्नो सास छुटोस भनी ..छाती पिटी-पिटी रोइ कराइ
गरि रहेकी छिन……..!!!

(सडक आमाहरूकाे बास्तविक भाेगाइमा आधारित)

अन्सु कार्की  

पुस १५ गते ,

मानवसेवा आश्रम ,ललितपुर  शाखा  ।