लोकदिप सहकारीको पाँचौ बार्षिक साधारणसभा

  • २२ मंसिर २०७५, शनिबार
  • 2061 पटक पढिएको

म्याग्दी, २२ मंसीर । सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभाको शनिबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७ महारानीथानमा आयोजित साधारणसभाका कृषि, पशुपालन तथा अन्य उत्पादनमुखी क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाले लगानीमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाको उद्घाटन गदैं सहकारीका सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीको सञ्जालमा पहुँचविहिन गरिब तथा आर्थिक अवस्था कमजोर भएकालाई जोड्नुपर्ने बताउनुभयो । सहकारीभित्रका ज्येष्ठ नागरिकलाई समेत प्रोत्साहन तथा सुविधालाई ध्यान दिन सुझाव दिनुभएको थियो ।

‘सहकारी एकका लागी सबै र सबैका लागी एक’ भन्ने नारा अनुसार अगाडी बढ्ने भएकाले पनि समुदायमा मिलेर खोल्ने आफै पुँजी संकलन, परिचालन गर्ने, आफै सञ्चालन र नियन्त्रण गर्ने भएकाले पनि धनी देखी गरिबले सहकारीसम्म पहुँच पुग्ने गरी काम गर्नुपर्नेमा अन्य बक्ताले जोड दिएका थिए । साधारणसभाको अवसरमा सहकारीले सविता परिवारलाई उत्कृष्ट ऋणी, आविस्कार शाक्यलाई खुत्रुके र उमानन्द कँडेललाई उत्कृष्ट दैनिक बचतकर्ता र संस्थाकी कर्मचारी नरमायाँ नेपालीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

संस्थाका सचिव ओमप्रसाद शर्माल प्रगति, कोषाध्यक्ष प्रमिला जोशी श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक कमलप्रसाद ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । ८५ लाख शेयर पुँजी रहेको ४ करोड ११ लाख ८० हजार निक्षप संकलन गदैं ४ करोड २८ लाख कर्जा प्रवाह र १३ करोड ३० लाख रेमिट्यान्स कारोबार गरेको छ ।

सहकारीले चालु आवमा सेयर संख्या बृद्धि गदैं १ करोड ५० लाख शेयरपुँजी पु¥याउने, पेन्सन सहित आर्कषक बचत सेवा सञ्चालन गरी सेयर सदस्यलाई सुविधामा प्राथमिकता दिएको सहकारीले जनाएको छ । सहकारीका कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता,सञ्चालक समिति सदस्य अर्जुन पौडेलको स्वागत र सचिव ओमप्रकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।