क्यान्सर पीडित सुजनलाई पुन समाजको आर्थिक सहयोग

  • २२ मंसिर २०७५, शनिबार
  • 1829 पटक पढिएको

पोखरा, २२ मंसीर । विगत ३ वर्षदेखी क्यान्सर रोगबाट पीडित भएका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षिय सुजन पुनलाई पुन समाज नेपाल बेलायतले आर्थिक सहयोग गरेको छ । शनिबार पीडित पुनको घरमै पुगेर पुन समाज नेपालका पदाधिकारीहरुले युकेले संकलन गरेको रु। तीन लाख ५७ हजार हस्तान्तरण गरे ।


अन्नपूर्ण गाउँपालिका–८ नागी, म्याग्दी स्थायी ठेगाना भएका पीडित सुजनलाई पुन समाज नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष खिमन पुन, कोषाध्यक्ष क्या।बलबहादुर पुन तथा विदेश बिभाग प्रमुख चामबहादुर पुनले संयुक्त रुपमा उक्त रकम पीडितका बुवा देउबहादुर पुन, आमा मीनकुमारी पुनका साथमा प्रदान गरे ।

विदेश विभाग प्रमुख चामबहादुर पुनले सुजनको उपचारको लागि हालसम्म रु। ३५ लाखको हाराहारीमा रकम खर्च भएको र परिवारको अवस्था कमजोर भएकाले समाजको आग्रहमा स्वदेश तथा विदेशमा रकम संकलन गरिएको बताए । पीडित सुजनलाई शुक्रबार पनि पुन समाज कोरियाबाट संकलन भएको रु। तीन लाख ३८ हजार प्रदान गरिएको उनले जानकारी दिए । Source : peacepokhara.com