काठमान्डौका विद्यार्थीले शैक्षिक सामाग्री वितरण

  • २१ मंसिर २०७५, शुक्रबार
  • 1527 पटक पढिएको

म्याग्दी, २१ मंसीर । काठमान्डौका एक जना विद्यार्थीले पर्बतको एउटा विद्यालयमास्टेसनरी सामाग्री वितरण गरेका छन् । रोजबर्ड इंगलिस स्कुल काठमान्डौ मा कक्षा १० मा अध्ययनरत दिब्यांशु मिश्रले जलजला, २ बगरफाँटमा अबस्थित शिद्द बाबा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ९० थान कापी वितरण गरेका छन् । आफु म्याग्दी आएको बेलामा यहाँका विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीहरुलाई केहि सहयोग गर्नु पर्छ भन्ने लागेकोले कक्षा १० मा पढ्ने साथीहरुमार्फत अभियान चलाई यी सामाग्री वितरण गरिएको उनले बताएका छन ।

आफुले ल्याएका समान विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिराबहादुर बरुवाललाइ हस्तान्तरण गरेका हुन । अहिलेलाई यति मात्रै सहयोग गर्न सकेका छौं तर यहाको स्थिति देख्दा अब अर्को पटक साना साना भाइ बहिनिहरुका लागि खेलकुदका सामान र कथा कविताका किताब लगायतका सामग्री संकलन गरेर पठाउने कुरा बताए । दिब्यान्शुले गत वर्ष म्याग्दीको बालमन्दिर आधारभूत विद्यालयमा २०० थान किताब र ७० थान कापी लगायतका शैक्षिक सामाग्री सहयोग गरेका थिए ।


विसं २०५५ सालमा स्थापना भएको शिद्द बाबा प्राथमिक विद्यालय विद्यार्थी अभावमा बन्द भएको थियो भने गत वर्षदेखि बाल विकास तह देखि एलकेजी र यु केजी सम्म पढाइ भैरहेको छ । हाल बिद्यालयमा ४२ जना विद्यार्थी छन् भने भने ३ जना शिक्षिका कार्यरत छन् । विद्यालयको स्तर उन्नतिका लागि यहि मिति २०७५ पौष १६ गते देखि २३ गते सम्म महायज्ञ संचालन हुन लागेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवालले बताउनु भयो ।