मराङमा लैङ्गीक हिंसा विरुद्धको अभियान र स्वमसेवीका दिवस

  • १९ मंसिर २०७५, बुधबार
  • 2247 पटक पढिएको

पार्वती सुवेदी
मराङ १९ मङसिर । धवलागिरी गाउँपालिका ६ मराङमा बुधबार लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान र १५ औ राष्ट्रिय महिला स्वास्थ्य स्वमसेवीका दिवस मनाइएको छ । धवलागिरी गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सगम म्याग्दीको आयोजनामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान र कदम म्याग्दीको आयोजनामा स्वमसेवीका दिवस मनाइएको हो ।

लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत जनविकास माविमा हिंसा र दुव्र्यवहारको कारण, यसको सामाजिक, आर्थिक क्षेत्रमा पर्ने असर, नियन्त्रणका उपाय, पिडित भएको अवस्थामा न्यायका लागि गर्नुपर्ने प्रक्रियाका विषयमा संगम म्याग्दीका शिक्षा विकास अधिकृत चिरञ्जिवी रेग्मीले सहजिकरण गर्नुभएको थियो ।

स्वमसेवीका दिवस अन्तरगत ¥याली र औपचारीक कार्यक्रम गरिएको थियो । गाउँ कार्यपालिका सदस्य तिलकुमारी केसीको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख ईन्द्र थारुको प्रमुख आतिथ्यता, कर्मचारी दिपा क्षेत्रीको स्वागत र मोहन गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वमसेवीका लिलमाया केसी, जनविकास माविका प्रअ हरिप्रसाद लामिछाने, कदम म्याग्दीका जनस्वस्थ्य सहायक निरमाया मिजारले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उत्कृष्ट कार्य सम्पादन गर्ने बुलकी स्वमसेवीका लक्ष्मी केसी र आरर्वांगकी बुद्धीमाया पुनलाई पुरस्कृत गरिएको थियो ।