गाउँपालिका अध्यक्ष रोकाले तिरिदिए विद्यालयकोे ऋण

  • १९ मंसिर २०७५, बुधबार
  • धिरन खत्री
  • 3528 पटक पढिएको


म्याग्दी, १९ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलवबापत प्राप्त रकम विद्यालयलाई सहयोग गरेका छन् । रोकाले वडा–५ को दुर्गम क्षेत्र सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई ३ लाख ५० हजार सहयोगस्वरुप उपलब्ध गराएका हुन् ।


तत्कालिन जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको दुईकोठे भवन निर्माणका लागि खरिद गरेको १५ आना जग्गाकोे ऋण तिर्न तलवबापत पाएको रकम विद्यालयलाई सहयोग गरेका हुन् ।


सो जग्गा निर्माण गरिएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरीन विद्यालयको प्रअ रेशम सापकोटाले बताए ।


विद्यालयको भवन निर्माणमा सहयोग गर्ने रोकालाई विद्यालयतर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले सम्मानपत्रद्धारा सम्मान गरेका थिए । भवन अभावले खुल्ला चौरमा पढ्नु पर्ने बाध्यतामा रहेका सिर्मुनका १ सयभन्दा बढी घरपरिवारका बालबालिकालाई राहत मिलेको छ ।


अध्यक्ष रोकाले गाउँपालिका प्राप्त गरेको सेवासुविधा सरकारी विद्यालयको शिक्षालाई गुणस्तर बनाउन आगामी दिनमा प्राप्त तलवलाई समेत सहयोग गर्ने घोषणा गरेका छन् । सो भवन उद्घाटन तथा सम्मान कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले प्रदेश सरकारले दुर्गम र ग्रामिण क्षेत्रमा संचालनमा रहेका विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बनाउन प्राथमिकता राखेको जानकारी गराएकी थिईन ।


कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा १६५ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्मको अनुमती पाएको विद्यालयले वि.स २०७२ देखि कक्षा ६ र ७३ सालदेखि कक्षा ८ सम्मको पठनपाठन सुरु गरेको थियो । दुर्गम क्षेत्रमा अवस्थित सिर्कुम गाउँका बालबालिका मावि तहको विद्यालय पढ्न साढे एकघण्टा हिडेर अर्मन पुगेर पढ्नु पर्ने समस्या विद्यालयमा संचालन गएिको ८ सम्मको पठनपाठनले सहज बनाएको ब्यवास्थापन समितिका अध्यक्ष खत्रीले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l