“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान

  • १९ मंसिर २०७५, बुधबार
  • 1717 पटक पढिएको

म्याग्दी, १९ मंसिर । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा भोग्नु पर्ने विभिन्न खाले समस्या आफ्ना साथि समुहलाई खुलेर भन्न सकुन भन्ने उदेश्यले यो कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम अनुसार बिभिन्न बिद्यालयमा पुगेर छात्र छात्राहरु संग बसेर के कस्ता समस्याहरु छन ब्यक्त गर्न सकुन भन्ने नै हो ।


सोहि कार्यक्रम अनुसार वेष्ट पोइन्टको मलाइ पनि केहि भन्नु छ अभियानका सदस्यहरु कक्षा ८ का मोनिका सेन्चुरी कक्षा ७ का प्रतिमा पाण्डे र जुना घर्ति त्यसैगरि कक्षा ९ का श्रेया श्रेष्ठ र कृति रामदामले यो अभियान मंगलबार बुद्ध एकेडेमी र सरस्वति प्रावि बगरफाटका छात्रा र छात्रा संग सम्पन्न गरेका छन । कार्यक्रममा बुद्ध एकेडेमीका छात्राहरुले स्कुल आउने जाने क्रममा आफुले झेल्नु परेका समस्या भाबिह्वल हुदै बताएका थिए, ।

बसपार्क जिप पार्क क्षेत्रमा आफुहरुले समस्या झेलेको बताएका थिए खासगरी छात्राहरूमा धेरै समस्या हुने गरेका छन् कक्षा कोठा होस् या बाटोमा होस् धेरै किसिमका समस्याहरु झेल्नु परेको छात्राहरुले बताएका छन् ।
यो अभियानमा आव बुद्ध एकेडेमी र सरस्वति प्रावि समेत जोडिएका छन् । मंगलबारको कार्यक्रममा वेष्ट पोइन्टका युवा शिक्षकहरुको समूह मिलिसिया ब्रदरहुडले संयोजन गरेको छ भने शिक्षिका देवी जिसीले सहयोग गरिरहेको वेस्ट पोइन्ट मिडियाहबले जनाएको छ ।