निधिलाई रामचन्द्रको समर्थन, पार्टी बैठकमा भने- कांग्रेसले दोस्रो वरियता पाउनु पर्छ

  • २५ चैत्र २०७३, शुक्रबार
  • 1781 पटक पढिएको

२५ चैत  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वरियता विवादमा विमलेन्द्र निधिको पक्षमा उभिएका छन् ।

स्थानीय चुनावको घोषणापत्रबारे सुझाव लिन बोलाइएको केन्द्रीय कार्यसमिति र सांसदहरुको बैठकमा पौडेलले सरकारलेमा कांग्रेसले दोस्रो वरियता पाउनु पर्ने बताए । ‘वरियता विवादमा रामचन्द्र दाइले बोल्नु भएको छ, उहाँले सबैभन्दा ठूलो दल कांग्रेसले दोस्रो वरियता पाउनुपर्छ’ एक नेताले भने ।

यसबारे धेरै नेताले भने बोलेनन् । प्रचण्ड सरकारमा निधि र उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलिरहेको छ ।

सरकारमा पार्टीको नेतृत्व गरेका निधिले दोस्रो वरियता नपाए राजीनामा दिने चेतावनी दिएका छन् ।