म्याग्दी प्रवासी उत्थान साझा मञ्चको म्याग्दी समिति गठन

  • १ मंसिर २०७५, शनिबार
  • 2042 पटक पढिएको

म्याग्दी, १ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक भेलाबाट म्याग्दी प्रवासी उत्थान साझा मञ्चको म्याग्दी जिल्ला समिति गठन भएको छ । भेलाबाट मन बहादुर चर्मकारको अध्यक्षतामा कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रेम नेपाली, सचीवमा अमीत बिश्वकर्मा , कोषाध्यक्षमा दिलमाया बिटालु र सह सचीवमा दिल गोपाल सिके चयन भएका छन् । सदस्यहरुमा पदम बिश्वकर्मा, याम बिश्वकर्मा, कुमार किसान , मिलन बिश्वकर्मा, राज कुमार परियार, निर्माया मिजार, सन्दिप बिश्वकर्मा, कुल बहादुर बोहोरा लगायत रहेका छन् ।

सस्थाको अन्तराष्ट्रिय तदर्थ समितिका सह सँयोजक महेन्द्र बोहोराको अध्यक्षता दलित बर्ग उत्थान समन्वय समितिका पुर्व उपाध्यक्ष बाल कुमार लामिछाने बिश्वकर्माको प्रमुख आतित्यथामा रहेको कार्यक्रममा मन बहादुर चर्मकारले स्वागत र अमित विश्वकर्माले सञ्चालन गरेका थिए । म्याग्दी जिल्ला बाट रोजगारिको शिलशिलामा बिभिन्न मुलुकमा गएका दलित अभियन्ता हरु आबद्ध भै दलित समुदायको उत्थान, सचेतना प्रदान गर्ने तथा समस्या तथा बिपतहरुमा समेत सहयोग गर्ने उद्देश्य ले सस्था गठन गरगरेका जनाईएको छ ।

कार्यक्रममा बोलदै प्रमुख अतिथि लामिछानेले जिल्लाको बिभिन्न गाउँ हरुमा घट्ने घटना, जातीय बिभेद न्यूनीकरणका लागी पहल, र सचेतनाका कार्यक्रम हरुमा प्रबासी दलित अभियन्ता हरुले चिन्ता र चासो व्यक्त गर्नु सकरात्मक रहेको भन्दै जिल्ला समितिले उल्लेखनीय काम गर्नु पर्नेमा जोड दिए।