दुवै मृगौला पीडित डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार सहयोग

  • ३० कार्तिक २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2835 पटक पढिएको


म्याग्दी १२ कात्तिक । दुवै मृगौला पीडित अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार ५०० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युके रहेको म्याग्देलीहरुको सहयोगबाट उठेको रकम शुक्रबार पीडित डौमायालाई हस्तान्तरण गरिएको हो ।
रोजगारको शिलशिलामा युकेमा रहेका ओम रोकाको संयोजनमा संकलन भएको सो रकम बेनी नगरपालिका–१० पात्लेखेतकी धनमाया रोकाले ओमकुमारी शान्ति कोषको कार्यालयबाट पीडितलाई हस्तान्तरण गरेकी हुन् ।
४४ जना म्याग्देलीहरुबाट संकलन भएको रकम ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य महासचिव लोकेश पुनमगर, कोषाध्यक्ष खम थापामगर र समिर रोका मगरको उपस्थितमा पीडित पुर्जालाई रकम उपलब्ध गराईएको थियो ।
दुवै मृगौलाले काम गर्न छाडेपछि ३६ बर्षिय डौमायाले तिन महिनादेखि पोखरा फिस्टेल अस्पतालामा उपचार गराउदै आएकी छिन् । पुर्जाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या भएको थियो । खेती किसानी गरेर घरखर्च चलाउदै आएका पुर्जाको श्रीमान रामबहादुर पुर्जा बेरोजगार छन् । भने साथमा दुई छोरीहरु पढ्दै छन् । सामान्य खेतीकिसानीबाट गुजारा चलाएका पुर्जालाई रोग पत्ता लागेपनि थप उपचारका लागि आर्थिक समस्या परेको थियो ।
आफन्तहरुको सहयोगमा विभिन्न देशमा सहयोगको अपिल गरिएको थियो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले पुर्जाको उपचारमा आर्थिक सहयोग गरिदिन आह्वान गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l