‘म्याग्दी शिर गुर्जा गाउँ छ’ सालैजो गितको भिडियो छायांकन

  • २९ कार्तिक २०७५, बिहीबार
  • 3289 पटक पढिएको


म्याग्दी, २९ कात्तिक । गुर्जा, चुरेन, मानापाथी हिमालको काखमा रहेका गुर्जा गाउँको इतिहास र कलासस्कृतिलाई समेटेर ‘ म्याग्दी शिर गुर्जा गाउँ छ’ भन्ने सालैजो भाका रहेको गितको भिडियो छायांकन गरिएको छ । गायक मोहन छन्त्यालको शब्द, म्युजिक भिडियो निर्देशन, स्वरमा सजिएको गितमा गायीका जनकल्याण मावि गुर्जाकी शिक्षीका नौमाया छन्त्यालले साथ दिएकी छन् ।


स्थानीय युवाहरुको सक्रियतामा स्थानीय कलासस्कृति, भेषभुषा दर्जनौ हिमालको काखमा रहेको गुचुप्प र चिटिक्क रहेको गुर्जाको पर्यटन विकासका लागि ‘म्याग्दी शिर गुर्जा गाउँ छ’ सालैजो गितेको भिडियो छायांकन गरि भिडियो बजारमा ल्याउन लागिएको हो ।
सोम छन्त्यालको नृत्य निर्देशन भएको गित भिडियोमा पछिल्लो समय मोडलिङमा चर्चा कमाएका मोडल गिरि भाई र कल्पना छन्त्यालले अभिनय गरेका छन् । मोडेल गिरि भाई मेरी बास्सैमा खेल्दै आएका छन् ।
उक्त सालैजो गितको भिडियो कमल पुनले गरेका छन्। गितको सुटिङ धौलागिरि गाउँपालिका– १ गुर्जा गाउँमा स्थानीय कलासस्कृति जोगाउन र युवापुस्तामा कलासस्कृतिको महत्व जगाउन स्थानीयको सक्रियतामा भिडियो छायांकन गरिएको छ ।