मुटुरोगी बालिकाको स्वास्थ्य परिक्षणका लागि शान्ति कोषद्धारा सहयोग

  • २६ कार्तिक २०७५, सोमबार
  • 1573 पटक पढिएको

बेनी २६ कात्तिक । मुटुको समस्याका कारण बिरामी परेकी म्याग्दीको एक बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल जानका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सोमबार आर्थिक सयोग गरेको छ । धवलागिरी गाउँपालिका २ लुलाङकी १४ वर्षीया कल्पना विकलाई रोग पहिचानका लागि अस्पताल जान कोषबाट दश हजार र अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा पाँच हजार रुपैया सहयोग गर्नुभएको हो ।

मुटु दुख्ने र अनुहार सुन्निने समस्याले थलिएकी विक परिवारको कमजोर आर्थिक अवस्थाका कारण अस्पताल पुगेर स्वास्थ्य परिक्षण गराउन नसकेपछि सहयोगको लागि कोषलाई आग्रह गरिएको लुलाङ आधारभुत विद्यालयका शिक्षक निकेश खड्काले बताउनुभयो ।

कोषका सदस्य सन्तोष गौतमले कल्पना र उनका बुवा मनप्रसादलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । कल्पना र उनका बुवा स्वास्थ्य परिक्षणका लागि सोमबारनै पोखरा गएका छन् ।