सुरेसको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग

  • १२ कार्तिक २०७५, सोमबार
  • 2174 पटक पढिएको


बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैया आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण पुर्जाद्धारा ओमकुमारी शान्तिकोषका सुरेश बचाउ अभियानका आर्थिक संकलन समितिका संयोजक डकबहादुर रोका र सुरेशकी आमा सिता पाईजालाई हस्तान्तरण गरिएको थियो ।


दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको थियो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियान मार्फत सहयोग जुटिरहेको छ । उनको उपचारमा २५ लाख भन्दा माथि खर्च लाग्ने भएपछि सो रकम अभियान सुरु गरिएको थियो । हालसम्म स्वदेश तथा रोजगारको शिलशिलामा विभिन्न मुलुकमा रहेका म्याग्देलीबाट प्राप्त सहयोगले करिव ३० लाख रकम संकलन भईसकेको छ।
सहयोग हस्तान्तरण कार्यक्तममा कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य र सचिव लोकेश पुनमगरको संचालनमा सम्पन्न कार्यक्तममा सदस्य पुर्जाले शुभकामना मन्तव्य राखेका थिए ।