सिद्ध सहकारीको अध्यक्षमा बरुवाल चयन

  • २८ आश्विन २०७५, आईतवार
  • 2101 पटक पढिएको

म्याग्दी, २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा तथा पहिलो अधिबेशन शनिवार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा बिमल बरुवाल, उपाध्यक्षमा अर्जुन बरुवाल, सचिब रामकृष्ण खड्का, सह–सचिब राजाराम बरुवाल र कोषाध्यक्षमा मेखबहादुर खड्का चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मिरा बरवाल, बुकबहादुर बरुवाल, भानुभक्त खड्का, सिर्जना खड्का लगायत रहेका छन् ।

त्यसैगरि अर्जुन बरुवालको संयोजकत्वम ऋण उपसमिति, याम खड्का संयोजकत्वमा लेखा समिति, मेखबहादुर खड्काको संयोजकत्वमा शिक्षा उपसमिति गठन भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की (दिपक)ले सामुहिक अर्थतन्त्रको मेरुदण्ड मानिएको सहकारी क्षेत्रको लगानीलाई उत्पादनशिल क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले समेत सहकारी क्षेत्रलाई उपेक्षा गरेको बताउँदै स्थानीय सरकारहरुले सहकारी मैत्री वातावरण सिर्जना गर्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।

सहकारीका निवर्तमान अध्यक्ष लालबहादुर भण्डारीको अध्यक्षता, राजाराम बरुवालको स्वागत र बिमल बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कार्यपालिकाका सदस्य बुद्धि पुन, लेखा समिति संयोजक याम बहादुर खड्का, मेखबहादुर खड्का, कुमार बरुवाल, लगायतले मन्तव्य राख्नुभएको । संस्थाले एक बर्षमा करिब १ करोड १४ लाख बराबरको कारोबार गरेको छ ।