म्याद नागेको बस्तु पसलबाट हटाउदैनन् ब्यापारी

  • २३ आश्विन २०७५, मंगलवार
  • धिरन खत्री
  • 2957 पटक पढिएको


म्याग्दी, २३ असोज । जिल्ला प्रशासन कार्यालय म्याग्दीकले ग्रामिण भेगका जनतालाई सेवा प्रवाह गरिरहेका कालीपुल बसपार्कका किराना पसलको अनुगमन गरेको छ । नेपालीहरुको महानचार्ड नजिकिएसंगै जनतालाई गुणस्तर खाद्ययबस्तु उपलब्ध गराउनका लागि पसल अनुमगन गरिएको हो ।
प्रशासनले बसपार्कका किराना पसल अनुगमनमा  अनुगमन गर्दा सधै भेटिने दैनिक उपभोग्य बस्तु म्याद सिद्धिएको बढी भेटाएको छ । किराना पसल अनुगमन क्रममा अब्यवस्थित रुपमा सामान राखिएको, खरिद र विक्रि विल नभएको, उपभोक्तलाई म्याद सिद्धिएको बस्तु बेचिरहेका, म्याद सिद्धिएको बस्तु पसलमा राखेको, लगायतको समस्या अनुगमनका क्रममा भेटिएको छ । अनुमगन टोलीले म्याद नागेका खाधबस्तुहरु तुरुन्त हटाउन, विक्रि विल बनाउन, तोकिएको मूल्यमा खाद्यबस्तु बेच्न सुझाव दिएको थियो ।


बजार अनुगमनबाट भएका कमजोरी सुधार्न ब्यापारीहरुले बेवास्ता गरेको प्रशासनका शिव दाहालले बताए । पसलमा दैनिक उपभोग्य सामानहरु म्याद भएको सामानहरु राख्न र भएको कमिकमजोरी तत्काल सुधार नगरे नियमअनुसार कारबाही गरिने चेतावनी दिएको जानकारी दिए ।
अनुगमनमा प्रशासनका शिव दाहाल, विज्ञान सुवेदी, अनुसन्धान केन्द्रका विरेन्द्र सुवेदी, वडा–८का वडासदस्य हिमबहादुर भण्डारी, कोलेनीका, प्रहरी, घरेलु र पत्रकार प्रतिनिधिको टोलीले पसल अनुगमन गरेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l