गुर्जामा माओवादी केन्द्रको वडा सम्मेलन

  • २० चैत्र २०७३, आईतवार
  • 2187 पटक पढिएको

म्याग्दी, २०चैत ।म्याग्दीको धौलागिरी गाउँपालीका १ गुर्जामा झकबहादुर छन्त्यालको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ ।

कमिटिको उपाध्यक्षमा सिता छन्त्याल, सचिवमा बेगबहादुर विश्वकर्मा, सहसचिवमा रेशकुमारी छन्त्याल र कोषाध्यक्षमा बिष्णुमाया छन्त्याल रहनुभएको छ । सदस्यहरुमा भिममाया छन्त्याल, गोर्खा छन्त्याल, रामप्रसाद छन्त्याल, दयाराम छन्त्याल, तारामान बिक, यामलाल बिक, निलु बिक, लालप्रसाद बिक, चित्रमान विक, सपना बिक, चन्द्रमा बिक, झलबहादुर छन्त्याल, छेमबहादुर छन्त्याल, बेलमती परियार र भिमबहादुर परियार रहनुभएको छ ।
यसैगरी बेगबहादुर विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय वाईसीएलको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य देवराज सुवेदी, विद्यार्थी नेता अर्जुन थापा, जिल्ला सदस्य किरन थापा, वाईसीएलका सविन रोका र राकेश थापाको उपस्थितीमा सम्मेलन सम्पन्न भएको थियो ।