एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको महिला बिभाग गठन

  • २० चैत्र २०७३, आईतवार
  • 2137 पटक पढिएको

म्याग्दी,२० चैत । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको महिला बिभाग र बेनी नगर कमिटि गठन भएको छ ।
सरस्वती परियारको अध्यक्षतामा १७ सदस्यीय महिला बिभाग र ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा २५ सदस्यीय नगर कमिटी गठन भएको हो ।

महिला बिभागको सदस्यहरुमा अनिता केसी, देवी आचार्य, प्रतिभा कट्टेल, बिष्णु रोका, निसा जुक्जाली, बलदेवी पुर्जा, गिता बुढामगर, भगवती ढुङ्गाना, चन्द्र सुवेदी, यामकुमारी पुन, बिष्णुमाया रोका, जिलकुमारी घिमीरे, बिष्णु श्रेष्ठ, रेखा परियार, चन्द्रिका खत्री, ईनदेवी राम्जाली रहनुभएको संगठनले जनाएको छ ।

यसैगरी नगर कमिटिको सदस्यहरुमा त्रिबिक्रम सुवेदी, खड्गबहादुर पुन, देवी आचार्य, गिरीप्रसाद बिक, रमेश बोगटी, मदन सुवेदी, यामबहादुर खड्का, रामबहादुर पुन, हरि ढुङ्गाना, तिलाराम थापामगर, खिमबहादुर कार्की, उत्तम श्रेष्ठ, आत्मराम पौडेल, शेरबहादुर बिक, हरिप्रसाद पौडेल, बालकृष्ण रेग्मी, मानकुमारी शर्मा, बिष्णु ढुङ्गाना, दिपक पौडेल, हमाया गर्बुजा, दिननाथ रेग्मी, सन्दिप निउरे, गंगादत्त रेग्मी र नारायण खत्री रहनुभएको छ ।
संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवी बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सचिव तथा प्रदेश संयोजक सोमनाथ ढुङ्गाना, सचिवालय सदस्य मनोज पौडेल, नेकपा माओवादी केन्द्रका नगर ईञ्चार्ज शेरबहादुर केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।