सुकुम्बासी बालबालीकालाई पाेर्तुगलमा रहेका केसीद्धारा आर्थिक सहयोग

  • १५ आश्विन २०७५, सोमबार
  • 2462 पटक पढिएको

म्याग्दी, १५ असोज । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई रु २५ हजार आर्थिक सहयोग गरिएको छ । रघुगंगा गाउँँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहेका ओकील केसीले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सहयोगदाता केसीले उपलब्ध गराउनुभएको सहयोग आईतवार बेनीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी मार्फत बानियाँलाई उपलब्ध गराईएको थियो ।

सुकुम्बासी बानियाँको बालबालिकाको अध्ययनमा सहज होस भनेर आफुले सहयोग गरेको सहयोगदाता केसीले बताउनुभयो । केसी नेपाली काँगेस जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष समेत हुनुहुन्छ । सो अवसरमा एनआरएन पोर्तुगलमा बरिष्ठ उपाध्यक्ष तिलक गैरेले उपलब्ध गराएको ६ हजार रुपैयाँ समेत सुकुम्बासी बानियाँको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

सहयोगदाता केसीले यस अघि पनि जिल्लाको विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ । कामदार प्रदायक कम्पनी मार्फत ८० जनालाई रोजगारि समेत दिँदै आएका केसीले त्यहाँ पुगेका नेपालीहरुलाई अप्ठ्यारोमा समेत सहयोग गर्दै आएका छन् ।