मोना युएई लाई भलिबल प्रतियोगितामा दोस्रो उपाधी

  • १९ चैत्र २०७३, शनिबार
  • 2479 पटक पढिएको

युएई । आँधीखोला युथ क्लब स्याङ्जा ( युएई) ले आयोजना गरेको भलिबल प्रतियोगितामा मोना युएई ले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । युएईमा रहेका नेपालीहरु बिच अतीनै लोकप्रिय भलिबल प्रतियोगिता गत शक्रबार दुबइको अल्कुज खेल मैदान मा आधिखोला युथ क्लब स्याङ्जा युएई ले आयोजना गरेको थियो ।

प्रतियोगितामा बिभिन्न नेपाली समाज तथा कम्पनिका १६ समुहले भाग लिएका थिए भने मोना युएई ले प्रथम चरणको खेलमा ससक्त प्रतिद्वन्धी आयोजक समुहलाई १ सेटको बिरुद्द २ सेटले पराजित गरेको थियो । प्रतियोगिताकै प्रतिस्प्रदात्मक रहेको उक्त खेलमा मोना युएई ले जित हात पारेपछी अन्य दुई समुहलाई पराजित गरेर फाईनलमा पुगेको थियो ।  
फाइनलमा नेपाल स्पोर्ट क्लब सँग निकै प्रतिस्प्रर्धात्म खेल खेलेको मोना युएई ले दोस्रो स्थान हासिल गर्न सफल भयो । प्रातियोगितामा उपबिजेता बनेपछि मोना युएईका उप अध्यक्ष एबम खेलकुद समितीका अध्यक्ष्य रुद्र बहादुर रोकाले युएई मा पहिलो पटक मोना युएईले उत्कृष्ट खेल प्रतिभा देखाउन सफल भएको भन्दै खेलाडीहरु उत्साहित भएकाले आगामी दिनमा अगाडि बढ्न उत्प्रेरण दिएको बताउनुभयो ।

उक्त प्रतियोगितामा खेलाडीहरुको मनोबल बढाउनको लागि कार्यसमितीका सम्पूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितीको नियम बनाइएको थियो साथै मैदानमा म्याग्देलिहरुको बाक्लो उपस्थिती रहेको थियो भने सबैले “बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल“ गीत गाएर रौनक छाएको थियो । उपबिजेता खेलाडीहरुलाई मोना युएई बधाई समेत ज्ञापन गरेको छ  ।