बक्यौता महशुल उठाउन विद्युत लाईन काटीयो

  • ७ आश्विन २०७५, आईतवार
  • 1477 पटक पढिएको

 

म्याग्दी ७ असोज । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले बक्यौता महशुल उठाउनका लागि ग्राहकको लाईन काट्न थालेको छ ।

साठी दिनभन्दा बढी समयको महशुलन तिर्ने ग्राहक पहिचान गरेर बक्यौता महशुस संकलनका लागि लाईन काट्न थालिएको केन्द्रले जनाएको छ । पटक पटक सूचना जारी गरेपनि महशुल तिर्न अटेरी गरेकाले लाईन काट्न थालिएको केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले जानकारी दिनुभयो ।
बेनी वितरण केन्द्र अन्तरगत म्याग्दी र उत्तरी पर्वतको जलजला गाउँपालिकामा १६ हजार घरधुरी उपभोक्ता रहेका छन् । करिब चार सय जना उपभोक्ताबाट २९ लाख रुपैया बक्यौता महशुल असुल गर्नुपर्ने देखिएको केन्द्रले जनाएको छ ।

आईतबार मात्र दश जना भन्दा धेरै ग्राहकको लाइन काटीएको छ । बक्यौता महशुल तिरेपछि लाईन जोडिने केन्द्रका प्रमुख न्यौपानेले बताउनुभयो । म्याग्दीमा चार मेगावाट क्षमत्ताको हाराहारीमा विद्युत खपत हुने केन्द्रले जनाएको छ ।