बेनी बचतको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

  • ६ आश्विन २०७५, शनिबार
  • धिरन खत्री
  • 1524 पटक पढिएको

 

बेनी ६ असोज । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभालाई उद्घाटन गर्दै सहकारीका पुर्व अध्यक्ष एवम् सल्लाकार टंक हमालले एक ब्यक्ति एक सहकारी सरकारको नीतिलाई पालना गर्नुपर्ने बताउँदै सहकारीको लगानी कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । संस्थाका सल्लाहकार हरिकृष्ण श्रेष्ठ र शियर सदस्य प्रमोद श्रेष्ठले सहकारी ऐन नियमअनुसार सहकारीको कारोवार पारदर्शि भएको बताउदै पारदर्शितालाई निरन्तरता दिन जोड दिएका थिए ।


साधारणसभामा अध्यक्ष रमेश गिरिको प्रगति, कोषाध्यक्ष एकेन्द्रबहादुर रावलको आर्थिक र लेखा समिति संयोजक माधवप्रसाद रेग्मीको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा शेयर सदस्य भेजबहादुर रावललाई जेष्ठ नागरिको सम्मान, एसईइ परिक्षामा उतकृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा विश्वास केसीलाई सात हजार पाचँसय रुपैया र प्रमाणपत्रले सम्मान गरिएको थियो । बार्षिक रुपमा उतकृष्ट कारोबार गर्ने संस्थागतमा नेपाल बाल संगठन बेनी र ब्यक्तिगतमा दिव्या कुमारी मल्ललाई दोषल्ला सहित मायोको चिनोले उतकृष्ट कारोबारकर्ताको रुपमा सम्मान गरिएको थियो । भने उतकृष्ट कर्मचारीको रुपमा लिलाबहादुर थापा क्षेत्रीलाई नगद ५ हजार सहित प्रमाणपत्र र दोषल्लाले सम्मान गरिएको थियो ।


१३३ शियर सदस्य रहेको संस्थाको २ करोड २ लाख ३२ हजार ९०० रुपैया शेयर पुँजी रहेको छ । आर्थिक बर्ष २०७४/७५ मा ७० करोड ७७लाख ४१ हजार ४०० रुपैया कारोवार, जगेडा कोष १ करोड ५८ लाख ४९ हजार ३६२ रुपैयाँ, लगानी २७ करोड ५१ लाख ६५ हजार ५०९ रुपैयाँ, बचत २९ करोड ४२ लाख ६४ हजार १७३ र मुनाफाँ ५५ लाख ८१ हजार ४४८ रुपैया रहेको प्रवन्धक मुरारी रिजालले जानकारी दिए । संस्थाले आर्थिक बर्ष २०७४/७५ मा ३१ लाख ६२ हजार ५८ रुपैयाँ राजश्व राज्यलाई तिरेकोे छ ।


सहकारी अध्यक्ष रमेश गिरिको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव लक्ष्मण शर्माको संचालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l