पिप्लेमा ब्यवस्थित खेलकुदमैदान निर्माण

  • ३१ भाद्र २०७५, आईतवार
  • धिरन खत्री
  • 1656 पटक पढिएको

म्याग्दी, ३१ भदौँ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको छ । गाउँपालिका, वडाको बजेट विनियोजन र स्थानीयबासीको चन्दा र जनश्रमदानबाट बास्केट र भलिवलको ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको हो । खेलकुद मैदानको स्तोरन्नतीका लागि ११ लाख रुपैया लागत लागेको थियो ।

रघुगंगा गाउँपालिका ३ लाख, वडा ३ लाख बजेट विनियोजन गरेको थियो । भने क्लवबाट २ लाख, स्थानीबासीबाट १ लाख ५० हजार र जनश्रमदान १ लाख ५० हजार रुपैया आर्थिक सहयोगमा खेलकुद मैदान निर्माण गरिएको नवसन्तोष सेवा युवा क्लवका सचिव मुक्ति सुवेदीले जानकारी दिए । क्लवको सक्रियता तथा वडा र स्थानीयको आर्थिक सहयोगमा खेलमैदान बाहेक स्टेज तथा घेराबार निर्माण गरेको थियो।

पहिला खेलमुदान ब्यवस्थित नहुदाँ हिउदमा धुलो र बर्खमा हिलोको समस्या रहेको थियो । ब्यवस्थित खेलकुदमैदान निर्माणले अवदेखि त्यो समस्या हटेको निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर मल्लले जानकारी दिए । महिलाहरुको महान पर्व तिजको अवसरमा नवसन्तोष युवा क्वलले पुरुष तथा महिला भलिबल तथा बास्केटवल प्रतियोगिता  प्रत्येक बर्ष  अायाेजना गर्दै अाएकाे छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l