युवती कालिगण्डकी नदीमा बेपत्ता

  • ३१ भाद्र २०७५, आईतवार
  • 3022 पटक पढिएको


म्याग्दी, ३१ भदौँ । म्याग्दीको सदरमुकाम बेनीको विधुत कार्यालय नजिकबाट एक युवती कालिगण्डकी नदीमा बेपत्ता भएकी छन् । बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीकी सोनिमा खत्री आईतबार कालिगण्डकी नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।


न्यु वोष्ट पोइन्ट मावि बेनीको कक्षा ११ अध्यनरत पुलाचौर घर भएकी हाल जलजला गाउँपालिका–२ बगरफाटँ –बौर) बस्दै आएकी १७ बर्षिय सोनिमा खत्री बेपता भएकी हुन । दुइ जना साथिहरुलाई बोलाएर, उनीहरुको अगाडि कालिगण्डकी नदीमा बेपत्ता भएकी प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए । बेपत्ता युवतीको खोजीकार्य गरिरहेको डिएसपी बुढामगरले बताए ।