स्वदेशमा समृद्धि खौज्दैः युवाहरु ब्यवसायिक पशुपालनमा

  • ३१ भाद्र २०७५, आईतवार
  • धिरन खत्री
  • 3407 पटक पढिएको

म्याग्दी, ३१ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ पखटोलका ईश्वर खत्री र वागलुङ नगरपालिका ४ बागलुङका विपिन हमालले पर्वतको जलजला गाउँपालिका– २ फोर्सेमा ब्यवसायिक गाई–भैसी पालन सुरु गरेका छन् । अध्ययन सकेर विदेश जाने मोहलाई त्याग्दै विकसित मुलुकमा रोजगारको लागि लाग्ने खर्च स्वदेशमा लगानी गर्दै दुई युवाहरुले सर्वोसिद्धि पशुपति र्फमको नामबाट असार देखि ब्यवसायिक गाईभैसी पालन सुरु गरेका हुन् ।


दुई युवाले प्रविधिको प्रयोग गर्दै फार्म संचालन गरेका छन् । उनीहरुको र्फममा ६ ओटा भैसी र १ गाई पालेका छन् । करिब २२ लाख बढी लगानी गरेका उनीहरुले दैनिक ६० लिटर दुध उत्पादन गर्दै आएका छन् । फर्म संचालक खत्रीले उत्पादन गरेको दुध बागलुङ र म्याग्दीको सदरमुकाम बेनीमा लगेर वेच्दै आएको बताए । विहानको ३० लिटर दुध पर्वत हुदै म्याग्दीको बेनीमा लिएर बेच्छन् भने बेलुकाको दुध बागलुङ लगेर बेच्दै आएका छन् ।
केही समय जागिरमा विताएका खत्रीले अहिले फार्म संचालन गरि दुईजनालाई समेत रोजगारी दिएका छन् । दुख भएपनि मेहनत अनुसारको आम्दानी हुने उनको दुई महिनाको अनुभव छन । यहाँको दैनिक खर्च कटाएर ५० हजार आम्दानी भएको खत्रीले बताउछन् ।


दैनिक रुपमा दुध उत्पादन गरेको दुध खपतको समस्या नभएपनि ब्यवसायिक गाईपालनलाई गुणात्मक रुपमा बृद्धि गर्ने पोसिलो घासँको अभाव, दानापानी महंगो र पशु विमा र सरकारी अनुदानको अभावनमा लगानी बढाउन नसकेको उनले बताए ।
स्वदेशमा लगानी गरि ब्यवसाय गरेका युवाहरुलाई प्राविधिक सुविधा र बैकिङ सहुलियत ब्याजदरमा ऋण भनेपनि त्यो सहज रुपमा पाउन नसकेको उनले बताए । सर्वोसिद्धि पशुपति फर्म सुरु गरेका दुई युवाहरुले मलको सदुपयोग गर्न तरकारी खेती र कुखुरा फर्म पनि विस्तार गर्ने तयारीमा जुटेका छन् ।
देशलाई समृद्ध बनाउन तिन तहको सरकारबाट सिहदरबारको अधिकार गाउँमा पु¥याएको संविधानले समृद्ध नेपाल बनाउने अभियानमा दुई युवाहरुले गरेको मेहनतलाई निरन्तरताको लागि सरकारले यसतर्फ ध्यान दिन आवश्यक देखिन्छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l