न्यायका लागि दवाव दिन सडकमा (भिडियो सहित)

  • ३० भाद्र २०७५, शनिबार
  • 3038 पटक पढिएको

बेनी ३० भदौ । कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि भएको हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै शनिबार बेनीमा महिलाहरुले प्रर्दशन गरेका छन् । कालो ब्यानर, विभिन्नमाग लेखिएकाप्ले कार्ड बाकेर टाउकोमा कालो पट्टी बाँधेर प्रर्दशनका लागि सडकमा उत्रिएका महिलाहरुले दोषीलाई कारबाहीको माग सहित नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

स्वतफुर्त रुपमा निकालीएको दवाबमुलक ¥याली र प्रर्दशनमा महिलाका साथै पुरुषहरु र युवाहरुको पनि सहभागीता रहेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गरेर दुरसञ्चार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

महिला अगुवा जमुना आचार्यले सञ्चालन गर्नुभएको कोणसभामा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले पहुँच र शक्तिको आडमा अपराध गरी ढाकछोप गर्न नहुने बताउँदै घटनाको निष्पक्ष र वैज्ञानीक अनुसन्धान, छानवीन गरी दोषीलाई कारबाही र पिडितलाई न्याय दिलाउन माग गर्नुभयो ।

नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठले बलात्कार जस्तो जघन्य अपराधमा फितलो अनुसन्धान हुनु दुखद भएको बताउदै दोषीलाई उम्कन नदिनका लागि नागरीक सडकमा उत्रनुपर्ने अवस्था आएको बिचार ब्यक्त गर्नुभयो । आफ्नो भनाई सहित दिवा पुनले कार्यक्रम समापन गर्नुभएको थियो ।