ताकममा तिज मेला सम्पन्न

  • ३० भाद्र २०७५, शनिबार
  • 3195 पटक पढिएको

ताकम ३० भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा हरितालीका तीज पर्वको अवसरमा शुक्रबार विबिध कार्यक्रम सम्पन्न भएको छ । परम्परागत कला र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरी जनयुवा क्लब ताकमको सहयोगमा तिज गित, महिला भलिबल, राधाकृष्ण नृत्य प्रर्दशन लगायतका कार्यक्रम गरिएको हो ।

तिज गित प्रतियोगितामा सरस्वती पौडेलको समूह प्रथम र कौशीला भण्डारीको समूह दितृय भएका छन् । महिला भलिबल प्रतियोगितामा सपना गर्बुजाको समूह प्रथम र अञ्जु थापाको समूह दितृय भएका छन् । समसामयीक विषयमा भएको नाटक प्रर्दशनी प्रतियोगितामा बिष्णु सुवेदीको समूह प्रथम र बागमती थापाको समूह दितृय भएका छन् ।

सोही अवसरमा ताकमको परम्परागत राधा कृष्ण नृत्य प्रस्तुत गरिएको थियो । राधाकृष्ण नृत्य ताकमको मौलीक संस्कृती हो । नाच संरक्षणका लागि ताकमबासी सक्रिय भएका छन् । महिला लठो तान्ने प्रतियोगितामा राधिका मल्लाको समूह प्रथम, दिलमाया जुक्जालीको समूह दितृय र सरस्वती पौडेलको समूह तृतीय भएका छन् ।

छेलो फाल्ने प्रतियोगितामा दुरमाया परियार पहलमान बन्नुभएको छ भने सपना गर्बुजा भलिबलमा उत्कृष्ट खेलाडीको उपाधी प्राप्त गर्नुभएको छ । धना केसीको अध्यक्षता, रेशम छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष कलानिधी शर्मा र वडा सदस्य अमृता भण्डारी लगायतको उपस्थिती रहेको थियो ।