मिडिया सोसाईटी म्याग्दीको अध्यक्षमा खत्री चयन

  • २९ भाद्र २०७५, शुक्रबार
  • 2151 पटक पढिएको

म्याग्दी, २९ भदौ । म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा पत्रकार कमल खत्री चयन हुनुभएको छ । सोसाईटीको शुक्रवार बेनीमा सम्पन्न प्रथम बार्षिक साधारण सभाबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो । संस्थाका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले वैदेशीक यात्राको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा साधारण सभाबाट समृद्ध साप्ताहिक खवर पत्रिकाका प्रकाशक÷सम्पादक समेत रहेका संस्थाका कार्यबहाक अध्यक्ष खत्रीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । पत्रकार खत्री म्याग्दी अनलाईन, रासस, नयाँ पत्रिका, एविसी टेलिभिजन लगायतका सञ्चार माध्ययमा आबद्ध हुनुहुनन्छ ।

सो साधारण सभाले संस्थाको उपाध्यक्षमा बेनीअनलाईनकर्मी हरिकृष्ण गौतमलाई चयन गरेको छ । म्याग्दीमा नियमित रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमहरुको छाता संस्थाको रुपमा रहेको म्याग्दी मिडिया सोसाईटीको साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले म्याग्दीको विकासमा सञ्चार क्षेत्रले पु¥याएको योगदान प्रसंनीय रहेको बताउनुभयो ।
उहाँले म्याग्दीका मिडियाहरु आर्थिक रुपमा कमजोर देखिएपनि सुचना संप्रेषणको हिसाबले धेरै जसो सञ्चार माध्ययम क्रियाशिल नै रहेको बताउँदै स्थानीय सञ्चार माध्ययमको सबलीकरणको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सुचना तथा समाचार संप्रेषण र सरकारी कार्यालयहरुमा सुशासन कायम गराउनको लागि सञ्चार क्षेत्रको भुमिका रचनात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व सभासद गोविन्द पौडेल, नेपाली काँग्रेसका कार्यबहाक सभापती माधव प्रसाद रेग्मी, म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी, म्याग्दीकाली सञ्चार सहकारी संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । साधारणसभाको बन्द सत्रले अध्यक्ष खत्रीले प्रस्तुत गर्नुभएको प्रगती र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????