मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल

  • २४ भाद्र २०७५, आईतवार
  • 3477 पटक पढिएको

म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो ।

बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय सुनारले उपचार गराउन पैसाको अभाब भएपछि जिवनरक्षाको लागि आग्रह गरेको बताउनुभयो । ‘‘ बनस्थलीमा रहेको किड्नी अस्पतालमा उपचार गराईरहेको छु, डाक्टरहरुले किड्नी नै प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, घरपरिवारको आम्दानीको स्रोत केही छैन,’’– सुनारले भन्नुभयो ।

दुई छोरा छोरीलाई गैर सरकारी संस्थाको सहयोगमा पठनपाठन गराउने गरेको र श्रीमतीले सडकमा मकै बेचेर भएकाले आम्दानीले गुजारा चलाउँदै आएको उहाँको भनाई छ । थमबहादुर विरामी भएपछि उनका घरपरिवारले गाउँमा चन्दा उठाएर अस्पताल पु¥याएका थिए ।

मिर्गौलाको डायलाइसीस गर्दा दुबै हात सुनिएर उपचारमै समस्या भएको र डाक्टरहरुले मिर्गौला पत्यारोपण गरि उपचार गराउनुपर्छ भनेपछि सुनारको परिवार थप रकम जुटाउन नसकेर समस्यामा परेका छन् ।
सहयोगको लागि पिडित थमबहादुर सुनार : ९८१८२५४१९४