विपन्न परिवारका तिन बालबच्चाको शिक्षाको जिम्मा लियो शिखरले

  • १४ भाद्र २०७५, बिहीबार
  • धिरन खत्री
  • 2854 पटक पढिएको

म्याग्दी, १४ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका तिन बालबच्चाको शिक्षाको जिम्मा शिखर अर्गनाईजेशन लिमिटेडले लिएको छ । शिखर अर्गनाइजेशन र माउण्ट एभरेष्ट माविको सहकार्यमा ८ बर्षिय ईश्वरी, ६ बर्षिय सरस्वती र ४ बर्षिय गणेश बानियाँको १ देखि १२ सम्मको शिक्षा सहयोग गर्ने सम्झौता भएको हो ।


शिखर अर्गनाईजेशन लिमिटेडका प्रमृुख शुशिल बानियाँ र धौलागिरि डिलर प्रमुख दिनेश क्षेत्रीले मासिक शुल्कबाहेक १ देखि १२ कक्षासम्म पढ्दा लाग्ने सबैखर्च बेहोर्ने सम्झौता विद्यालयका प्रिन्सिपल त्रिदेव उपाध्यसंग गरेका छन् । माउण्ट एभरेष्ट माविले तिन मध्य दुई बच्चाको मासिक शुल्क छुटसहित होस्टेलमा २५ प्रतिशत छुट दिने गरि अध्ययन गराउने सम्झौता गरेका हुन् । तिन बालबच्चाको सम्पुर्ण खर्चको सहयोग रकमको चेक अर्गनाइजेशनका प्रमुख बानियाँ र क्षेत्रीले विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीलाई हस्तान्तरण गरेका थिए ।


शिखर अर्गनाईजेशन लिमिटेडले गरिव निमुखा बालबालिका छात्रृति अभियान अन्तर्गत आफ्नै जिल्लामा रहेका गरिव परिवारको लागि सहयोग गर्न पाउदाँ शुखी लागेको बताउदै तिन बालबच्चाको १ देखि १२ सम्मको खर्च जिम्मा लिने प्रतिवद्धता जनाए । श्रीवक्स गुल्मतिका सेनानी राजन दाहालको प्रमुख आथिथ्यतामा तिन बालबच्चाको जिम्मेवारी लिएका थिए । प्रिन्सिपल उपाध्यक्षले तिन बालबच्चाको उज्वल भविष्यको लागि विद्यालयलाई दिएको जिम्मेवारीप्रति अगनाईजेशनलाई धन्यवाद दिएका थिए ।


विद्यालयका अध्यक्ष केसीको अध्यक्षता, विद्यार्थी सविना राम्जालीको स्वागत मन्तब्य, भाईस प्रिन्सिपल अमृतप्रसाद सापकोटाको संचालनमा भएको कायक्र्रममा डिएसपी विरबहादुर बुढामगर, सरकारवाला, विद्याधलयका संचालकको उपस्थितमा अभिभावकत्व ग्रहण गरेका थिए ।
बुवा तुलबहादुर बानियाँको निधन र आमा सिता बानियाँ सुस्त मनस्थितिले तीन नाबालक सन्तानको बालबच्चाको पालनपोषण र पठनपाठनमा समस्यामा परेको थियो । सुकुमबासी बानियाँ परिवार सार्वजनिक जग्गामा भएको अस्थायी बासमा बस्दै आएका थिए । युवा समाजसेवी तेजेन्द्र बानियाँले सो परिवारको बारेमा थाहाँ पाएपछि तिन बालबालिका सहितको परिवारलाई सहयोगको लािग मिडियाबाट सार्वजनिक गरिएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l