सुकुमबासी परिवारका लागि ७५ हजार सहयोग संकलन

  • ११ भाद्र २०७५, सोमबार
  • 1971 पटक पढिएको

म्याग्दी, ११ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका परिवारका लागि सोमबार सदरमुकाम बेनीमा सहयोग संकलन गरिएको छ । म्याग्देली युवाहरुको सक्रियतामा सुकमबासी परिवारका लाागि ७५ हजार २६५ रुपैयाँ संकलन भएको थियो । विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको सक्रियतामा बेनीबजारमा सो रकम संकलन गरिएको हो ।


तीन नाबालक सन्तान सुकुमबासी बानियाँ परिवार सार्वजनिक जग्गामा भएको अस्थायी बासमा बस्दै आएका छन् । श्रीमती सीता बानियाँसंगै ८ बर्षीया इश्वरी, ६ बर्षीया सरस्वती र ४ बर्षीय गणेश बानियाँ रहेका छन् । बुवा तुलबहादुर बानियाँको निधन र आमा सिता सुस्त मनस्थितिले बालबच्चाको पालनपोषण र पठनपाठनमा समस्यामा रहेका छन् ।
युवा समाजसेवी तेजेन्द्र बानियाँले यो परिवारको बारेमा थाहाँ पाएपछि तिन बालबालिका सहितको परिवारलाई आर्थिक सहयोग अभियान थालेका हुन् । सहयोगका लागि बानियाँले देश विदेशमा रहेका म्याग्देली दाजुभाईलाई आग्रह समेत गरेका छन् ।