पुजालाई सौन्दर्यकला ब्यवसायीको सहयोग

  • १० भाद्र २०७५, आईतवार
  • 1879 पटक पढिएको

बेनी १० भदौ । गरिबी र पारिवारीक बिखण्डनका कारण शिक्षाबाट बञ्चित हुने अवस्थामा पुगेकी बेनपा ६ फोटेनीेकी १२ बर्षिया पुजा खत्रीलाई शनिबार सौन्दर्यकला ब्यवसायी संघले आर्थिक सहयोग गरेको छ ।

संघले हरितालीका तिज पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा खत्रीलाई १३ हजार ८०५ रुपैया नगद, बल्याङकेट र तन्ना सहयोग गरिएको हो । कार्यक्रममा बेनपाकी उपमेयर सञ्जु बरुवालले ब्यवसायीक संस्थाको सामाजिक कामको प्रँशसा गरिन् ।

महिलाहरु आयआर्जन र स्वरोजगारतर्फ अग्रसर हुनुपर्ने उपमेयर बरुवालको भनाई थियो । सोही कार्यक्रममा मंगलाघाटकी महिला अगुवा लक्ष्मीकुमारी जोशीलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष प्रमिला जोशीश्रेष्ठको अध्यक्षता, उपाध्यक्ष गंगा कार्कीको स्वागत र सह–ؚसचिव पुनम खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।