कालीगण्डकीको धार परिवर्तनः तातोपानीकुण्ड जोखिममा, मासु पसल र ब्लक उद्योग डुबानमा (फोटो फिचर)

  • २ भाद्र २०७५, शनिबार
  • कमल खत्री
  • 4366 पटक पढिएको

बेनी, २ भदौ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा कालीगण्डकी नदीले धार परिवर्तन गरेपछि एक मासु पसल र ब्लक उद्योग डुबानमा परेका छन् । कालिगण्डकी नदीको सतह बढेर धार परिवर्तन गर्दा नदीको किनारमा रहेको भुरुङ–तातोपानि मिट सप्लायर्स एण्ड फ्रेश हाउस र भुरुङ तातोपानि ब्लक उधोग डुवानमा परेका छन् ।

त्यसैगरि खेलकुद मैदान पुरिएको र तातोपानी कुण्ड समेत जोखिममा पारेको अन्नपूर्ण गाउँपालिकाका कार्यपालीका सदस्य बुद्धि पुनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक स्तरोन्नतीको क्रममा सडकबाट निकालिएको गेगर सिधै नदीमा फालेको कारण नदीको सतह बढ्नुको साथै धार समेत परिवर्तन गर्न थालेको त्यहाँबाट सुरेन गुरुङले जानकारी दिनुभयो ।


कालीगण्डकी नदीले अन्नपूर्ण २ र ३ को सिमानामा रहेको नागढुंगामा बेनी–जोमसोम सडकलाई कटान गरेपछि यातयात समेत अबरुद्ध भएको छ ।

तस्बिरः सरेन गुरुङ

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l