म्याग्देली गायक सापकोटाले ल्याए ‘पोखरामा पानी बटौलिमा घाम”बजारमा (भिडियो सहित)

  • २७ श्रावण २०७५, आईतवार
  • 3314 पटक पढिएको

म्याग्दी, २७ साउन । म्याग्देली गायक राजेन्द्र सापकोटाको ‘पोखरामा पानी, बटौलीमा घाम’बोलको तिज गित बजारमा ल्याएका छन् । म्याग्देली सर्जक प्रवीण खत्रीको उत्कृष्ट शब्द तथा राजेन्द्र सापकोटाको लयमा तयार गरिउको सो गीतमा चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाकोस्वर रहेको छ ।

रायल च्वाइस म्युजिकको प्रस्तुतीमा बजारमा ल्याइएको सो गितको म्युजिक भिडियोमा निर्मल, राज, रिना र सिर्जनाले अभिनय गरेका छन् । जय कुमार परियारको निर्देशन रहेको यस म्युजिक भिडियोमा गणेश सापकोटाको छायांकन र सन्तोष सारु मगरको सम्पादन रहेको छ ।

सो गितमा तारानाथ आचार्यले संगीत संयोजन गरेका थिए । पछिल्लो समय लोक तथा दोहोरी गितको शब्द रचनामा क्रियाशिल रहेका सर्जक खत्रीको शब्द संकलनमा ३३ किलो सुनको बिषयबस्तुलाई आधार बनाइएको तिज गित समेत हालै बजारमा आइसकेको छ ।