मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर चयन

  • २३ श्रावण २०७५, बुधबार
  • 3966 पटक पढिएको

म्याग्दी, २३ साउन । जापानको नागोया क्षेत्रमा रहेका म्याग्देलीहरुको संस्था मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर निर्वाचित हुनुभएको छ । समितिको बुधवार भएको प्रथम अधिबेशनबाट चोचाङ्गेको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा शुसिल गर्बुजा मगर, उपाध्यक्षद्धयमा टक चोचाङ्गे मगर (निरोज), अभिशेक बस्याल ,महिला उपाध्यक्षमा रोजिना पुन, महासचिवमा कमल पौडेल, सचिवमा नविन जुग्जाली मगर, कोषाध्यक्षमा रामबहादुर किसान र सह–कोषाध्यक्षमा गिता पुन चयन हुनुभएको छ ।


त्यसैगरि समितिको सदस्यहरुमा खमन रन्तिजा, अमृत छन्त्याल, मिलन पुन, रमेश वि.क, पूर्ण गर्बुजा, बिनोद घर्ती लगायत रहनुभएको छ । मोना क्षेत्रिय समिति नागोयाका अध्यक्ष गणेश बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै म्याग्दी प्रवासी संघ (मोना¬) जापानका अध्यक्ष दिपक कार्कीले नवनिर्वाचित कार्यसमितिलाई रचनात्मक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले निवर्तमान समितिले सफलतापूर्वक आफ्नो कार्यकाल पुरा गरेकोमा बधाई ज्ञापन गर्दै नयाँ समितिलाई आफ्नो क्षेत्रमा रहेका म्याग्देलीहरुलाई अझै गोलबद्ध गराउएर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा लांघाली समाज नागोयाका ज्ञान बहादुर पुन लगायतको समेत बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि लांघाली समाज नागोयाका ज्ञान बहादुर पुन, नेपाल मगर संघ जापानको उपाध्यक्ष धन बहादुर शेरपुञ्जा लगायतले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गणेश सापकोटाले स्वागत र टक चोचाङ्गे मगर (निरोज)ले सञ्चालन गर्नुभएको थियो ।