बेगखोला कल्याणकारी समाज उपशाखा युकेको अध्यक्षमा गर्वुजा चयन

  • ९ श्रावण २०७५, बुधबार
  • 2807 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल युकेमा रहेकाहरुको संस्था बेगखोला कल्याणकारी समाज उपशाखा युकेको नयाँ नेतृत्व चयन भएको छ । हालै भएको संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशनबाट यु बहादुर गर्बुजाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा अर्जुन कुमार तिलिजा, महिला उपाध्यक्षमा मेघ कुमारी तिलिजा, सचिब दो बहादुर गर्बुजा, सह सचिबमा लिला कुमार फगामी, कोषाध्यक्षमा नगेन्द्र बहादुर पाइजा र सह कोषाध्यक्षमा राजेन्द्र तिलिजा चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा प्रेम बहादुर तिलिजा, चेत बहादुर गर्बुजा, अमर बहादुर पुर्जा, रत्न कुमार पुर्जा, मिन कुमार गर्बुजा, रुप बहादुर फगामी, मन प्रसाद गर्बुजा, गणेश पुर्जा ,. नगेन्द्र चोचांगी, यमराज तिलिजा , पदमलाल फगामी , चन्द्र बहादुर तिलिजा, गंगा प्रसाद पुर्जा, ओम प्रसाद गर्बुजा चयन भएका छन् । बेगखोला कल्याणकारी समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।