नेकपा म्याग्दीले मनायो पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस

  • ७ श्रावण २०७५, सोमबार
  • धिरन खत्री
  • 1633 पटक पढिएको

म्याग्दी, ७ साउन । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस मनाएको छ । नेकपा सस्थापक नेता पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा म्याग्दीका नेता तथा कार्यकताको उपस्थितमा पाटी कार्यालय बेनीमा पुष्पलालको फोटोमा माल्यार्पण गर्दै मनाएका हो ।


नेकपा नेता गोविन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा नेताहरुले पुष्पलालले पाटीको स्थापना, सिद्धान्त र संगठन निमार्णमा गरेको संघर्षलाई सधै आत्मसाथ गर्दै जनताले दिएको बहुमतलाई समृद्ध नेपाल बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए । जीवनभर राजतन्त्र अन्त्यको लागि विरोध र नया जनवादी क्रान्तिको लागि गरेको संघर्षको योगदानलाई सम्मान गर्दै जनताले दिएको बहुमतको सरकारले देशको अर्थतन्त्र र स्वाधिनताको लागि प्रतिवद्ध रहन सबैलाई आग्रह गरेका थिए ।
नेकपा नेता हरिकृष्ण श्रेष्ठले जनवादमा बलियो भएको कम्यूनिष्ट सरकारलाई विपक्ष पाटीले नैतिकताको प्रश्न उठाउन सशक्त भएको बताउदै भूमिहिन गरिव जनताको चाहना अनुसारको विकास र समृद्धको लागि सबैले जिम्मेवारी रुपमा आ–आफ्नो क्षेत्रमा जिम्मेवार बन्नपुर्ने बताए थिए ।


त्यस्तै नेकपाका नेता पौडेलले जनताले दिएका बहुमतलाई कम्युनिष्ट सरकारले पुष्पलालले देखाएको ईमान्दार र योगदानलाईे आत्मसाथ गर्न सकेमा जनताको चाहनाअनुसार काम गर्न सकिने बताए थिए । त्यस्तै प्राध्यापक तारानाथ शर्माले कम्युनिष्टहरु देश निर्माणमा संवेदनशिल नहुदाँ विपक्ष सशक्त भएको बताउदै देश निर्माणमा जनतासंग गरेका बाचाहरुमा संवेदनशिल बन्न आग्रह गरेका थिए । नेता बालकृष्ण सुवेदीको संचालनमा भएको कार्यक्रममा भातृसंगठनका नेता तथा कार्यकताहरु उपस्थित भएका थिए ।


पुष्पलालले २००६ सालमा नेकपाको पाटी स्थापना गरेका थिए । विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पाटीहरुलाई एकजुट गराउन तेस्रो सम्मेलन गरेका श्रेष्ठ २०३५ साउन ७ गते नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले गद्धार पुष्पलाल भनेपनि त्यो भन्नु गल्ति भएको स्विकार गरिसकेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l