बेनी नगरपालिकाले असामयीक निधन भएका धरान उप– महानगरपालिका मेयर तारा सुब्वाप्रति श्रद्धाञ्जली

  • ६ श्रावण २०७५, आईतवार
  • 2075 पटक पढिएको

म्याग्दी, ६ साउन । बेनी नगरपालिकाले साउन १ गते असामयिक निधन भएका धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको योगदान सम्झदै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । आईतबार नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा स्वर्गिय मेयर सुब्वाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको साउन १ गते ५२ बर्षको उमेरमा असामयिक निधन भएको थियो । उनको योगदानप्रति सम्मान गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र वडा अध्यक्ष सदस्य र कर्मचारीकाको उपस्थितमा उनको सम्झनामा भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नगरपालिका मेयर श्रेष्ठले सुब्वाको निधनले उनको परिवार र धरान उपमहानगरपालिका मात्र नभएर सिङ्गो देश स्तब्ध भएको बताउदै यस्तो दुखद समयमा परिवारप्रति सहयोग गर्नुपर्ने बताएका थिए ।