गुर्जाको सार्वजनीक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध

  • ५ श्रावण २०७५, शनिबार
  • 2030 पटक पढिएको

चित्र छन्त्याल / गुर्जा ५ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको सार्वजनिक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध लगाइएको छ । मदिरा र जुवातासका कारण विकृती, सद्भावमा खलल्, कुटपिट, झैझगडा, कुलत, घरेलु हिंसा, सामाजिक, सांस्कृतीक बिचलन, शिक्षा र स्वास्थ्यमा असर देखिन थालेपछि वडा समितिले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गुर्जाको हिमाली आमा समूहसंगको सहकार्यमा साउन ३ गतेदेखि लागू हुने सार्वजनीक स्थलमा पूर्ण रुपमा मदिरा सेवन, विक्री वितरण गर्न रोक लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गुर्जामा बाहूल्य बसोबास रहेको छन्त्याल र दलित समुदायको संस्कारगत कार्य विवाह, छेवार र किरीया र सार्वजनीक स्थलमा बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न प्रतिवद्ध लगाइएको हो ।

मदिराको अत्याधिक प्रयोग र पुरुषहरु तास खेल्ने समस्याले बिशेष गरेर झैझगडा र घरेलु हिंसाको समस्या बढ्दै गएको छ । म्याग्दीमा मालिका गाउँपालिकाको ७ नम्बर वडा बिम र बेनी नगरपालिकाको ६ नम्बर वडाका जनप्रतिनिधिहरुको पहलमा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिएको छ ।