दाङखोला पुलबारे यस्तो आयो गाउँपालीकाकाे प्रतिक्रिया (भिडियोसहित )

  • ३ श्रावण २०७५, बिहीबार
  • 2905 पटक पढिएको

 

म्याग्दी, ३ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका ७ दाङखोलामा अस्थाई बेलिव्रिज निर्माणप्रति सामाजिक संजालमा भएकोे टिकाटिप्पणीहरुको गाउपालिकाले खण्डन गरेको छ । मालिका गाउँपालिका ५ र धवलागिरी गाउँपालिका ७ को सिमानामा अस्थाई प्रकृतीको मोटरेबल पुलको गुणस्तर, लागत र दिगोपनो विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणी र आलोचनाको खण्डन गर्दै भौगोलिक, प्राविधिक र लागत स्टिमेटको सम्झौताबारे विहिबार पत्रकार सम्मेलन गरि गाउँपालिका अध्यक्ष थमसरा पुनले स्पष्टीकरण दिएकी हुन् ।

 

गाउँपालिका प्रवेशद्धारको रुपमा चिनिने दाङखोलामा निर्माण गरिएको अस्थाई काठेपुललाई गौरवको योजनामा संचालन गरिएको हो । गाउँपालिकाको लगानीमा निर्माण भएको बेलिवृजको सम्वन्धमा सामाजिक संजालमा भएको टिकाटिप्पणीलाई ध्यानाकर्षण गराउदै गाउँपालिका अध्यक्ष पुनले प्रेसविज्ञप्ती सार्वजनिक गरेकी हुन् । गाउँपालिकाभित्र बर्खायाममा पनि सवारीसाधन नियमित आगमन गराउने गरि जनतालाई सस्तो मूल्यमा दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने, विरामी र पैदलयात्रीलाई नियमित सवारी साधन उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको पुलको सन्र्दभमा जनप्रतिनिधि, उपभोक्ता समितीको प्रतिको आलोचनालाई खण्डन गदै सत्यता बुझ्न आग्रह गरेकी थिईन ।

दाङखोला अस्थाई काठे पुल (बेलिबृज नाम दिइएकाे) को कुल लागत ३५ लाख ८ हजार १६८ रुपैया रहेको छ । समुदायको सम्झौता २७ करोड ८० लाख ७८ रुपैया रहेको छ । विम खरिद तथा फिटिङका लागि ७ लाख २८ हजार ९० रुपैयामा भएको थियो । पुलमा प्रयोग भएका आठ वटा मध्य तिन वटा फलामको बिम दरवाङबाट पुरानो लगीएको र पाच वटा बिम गाउँपालिकाले खरिद, ढुवानी गरेर उपलब्ध गराएको हो ।

सो रकममा १० प्रतिशत जनश्रमदान कटाएर २४ लाख ९६ हजारमा उपभोक्ता समितिले काम गरेका थिए । उपभोक्ताको दुई लाख ८९ हजार ८८५ रुपैया लगानीमा पुलको जग खन्ने, सोलीङ गर्ने, पिसीसी, आरसीसी ढलान गर्ने, ग्यावियन पर्खाल लगाउने काम भएको छ । गाउँपालिकाले खर्च गरेको सात लाख २८ हजार रुपैया सहित पुलको कुल लागत ३५ लाख आठ हजार रुपैया भएको प्राविधिक बालकृष्ण पौडेलले बताए ।

जगदेखि पाँच मिटर २० सेन्टि मिटर अग्लो तिन वटा पक्कि पिल्लर निर्माण भएको छ । दाया बायाको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर छ । पुलको लम्बाई १८ मिटर र चौडाई ३.५ मिटर छ । पौडेलले स्टिमेट अस्थाई काठेपुल निर्माण भन्नुपर्नेमा अस्थाई बेलीव्रिज भन्नाले टिप्पणी बढेको बताए । सम्बन्धित निकायबाट हुने अनुगमन, छानविन तथा जाँचबुझ आदीको लागि गाउँपालिकाले सहयोग गर्ने समेत अध्यक्ष पुनले बताईन ।

धवलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत दाङखोलामा बर्खाको समयमा बाढी आउँदा सवारी आवत जावत अवरुद्ध हुने समस्या रहेको थियो । तर पुलसंगै अन्त्य भएको छ। प्राबिधिक भाषामा अस्थाई मोटरेबल पुल भएपनी आम नागरीकलाई बुझ्नको सहजताका लागि बेलिब्रिजको भाषा प्रयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

यो पुल बनेपछि देविस्थानको सडकबाट थापाचौरको भिरमा पहिरो नखसेको अवस्था बाहेकको समयमा धारापानी ताकमतर्फ सिधा सवारी सञ्चालन गर्न सकिने भएको छ । खोलामा जोखिम मोलेर सवारी साधन तार्नुपर्ने र गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने समस्या हटाउदै गाउँपालिकालाई पुर्ण लाभान्वित बनाएको छ । पुल निर्माण समितिले मंगलबार विज्ञप्ती मार्फत हिसाव सार्वजनीक र आरोपको खण्डन गरेका थियो ।