गुर्जामा व्यवसायीक जडिवुटी खेती

  • ३२ असार २०७५, सोमबार
  • सन्तोष गौतम
  • 3331 पटक पढिएको

म्याग्दी, ३२ असार । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाका बासिन्दाले ब्यवसायीक जडिवुटी खेती सुरु गरेका छन् ।

जेवी ट्रेड लिंक प्रालीले गुर्जामा सतुवा र अतीस जातको जडिवुटीको ब्यवसायीक खेती सुरु गरेको हो । दुई रोपनी बारीमा जडिवुटी खेती सुरु गरेको कम्पनीका सञ्चालक भिममाया छन्त्यालले बताउनुभयो ।

परिक्षणका लागि सतुवाका पाँच सय बिरुवा लगाइएको छ । दुई किलो अतिसको बिउ छरेकोमा आधाको हाराहारीमा बिरुवा उम्रिएको छ । पलास्टिकको घर बनाएर जडिवुटी खेती सुरु गरीएको हो ।

मुगुबाट अतिसको बिउ र संखुवासभाबाट सतुवाको बिरुवा ल्याएर रोपीएको हो । परिक्षण सफल भएकाले खेती विस्तार गर्ने तयारी गरेको सञ्चालक छन्त्यालले बताउनुभयो । उच्च पहाडी भुगोलमा अवस्थित गुर्जा जडिवुटीको हब मानिन्छ ।

खेर गैरहेको पाखोबारीमा व्यवसायीक जडिवटी खेती गरी रोजगारी सिर्जना र आयआर्जनको अवसर सिर्जना गराउने योजना रहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

सन्तोष गौतम