मंगलाको बाबियाचौरमा सार्वजनिक सुनुवाई

  • ३० असार २०७५, शनिबार
  • सन्दीप शर्मा
  • 1460 पटक पढिएको

म्याग्दी, ३० असार । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र मंगला गाँउपालिको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा सहभागी मंगला गाँपालिकाका स्थानीय बासिन्दाहरुले जनप्रतिनिधि आफैले बजेट विनियोजन र योजना छनोट गर्ने गरेको, सडक निमार्ण गर्दा खेरी जोखी ठाँउमा जालि निमार्ण नगरेको, वडास्तरमा सञ्चालित योजनाहरुको अनुगमन नभएको जस्ता सवालहरु उठाएका थिए ।

यसैगरी सहभागीहरुले कर्मचारी लामो समय सम्म पनि विदा बस्दा सामाजिक सरक्षा भत्ता लिन केही वृद्दवृद्दा बन्चित हुनु परेको, र योजनामा उपभोक्ता समितिको काम कर्तव्य तथा अधिकार स्पष्ट हुनुपर्ने, दक्ष प्रविधिक हरु हुनु पर्ने जस्ता गुनासाहरु गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले योजनाहरु टोलवस्तीबाट जनताकै चाहना अनुसार योजना छनोट गरी कार्यान्वयन गरिने हुँदा सोही अनुसार गरिएको बताए । उनले प्रविधिक जन शक्ती कम हुदाँ समस्या भएको बताउँदै अब गाँउपालिकाले केही प्रविधिक थप गर्न लागेको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै उनले गाउँपालीकामार्फत सञ्चालित सबै योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेको बताए । मंगला गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जनताको समस्याहरुलाई पहिलो प्राथमिकता दिएर समाधान गरिने बताउँदै विकास निर्माणका लागि सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनु भयो ।

मंगला गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष धनबहादुर खातीले सेवा सुविधाहरु जनताको घरघरमा नै पुगेर भए पनि प्रदान गरिएको बताउनु भयो । कर्मचारी हरुले लामो समय विदा वस्दा सेवा प्रवाहमा ढिलाई हुन पुगे पनि अब देखि त्यस्तो नहुने बताए ।
कार्यक्रममा मंगला गाँउपालिका का विषयगत कार्यलका कार्यलय प्रमुख तथा वडा नम्बर दुईका वडा सदस्य चक्रलाल पाण्डेले आफूसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरु नरसिङ्ग केसी, श्रीराम पौडेल, कुलप्रसाद पुन, नरबहादुर हमाल, धिरेन्द्र खड्का, खडानन्द सापकोटा, कृष्ण केसी, मेख बतादुर घर्ती क्षेत्री र हिरा सेरपुन्जाले प्रश्न उठाएका थिए ।

वडा नम्बर दुईका वडा अध्यक्ष धनबहादुर खाँतिको अध्यक्षता तथा मंगला गाँउपालिकाका प्रमुख सतप्रसाद रोकाको प्रमुख आतिथ्तामा सम्पन्न भएको कार्यक्रममा , प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै सेवाप्रवाहको अवस्थाबारे प्रस्तुती गरेका थिए । कार्यक्रमको पत्रकार गोपाल छन्त्याल र सन्दिप शर्माले सहजीकरण गरेका थिए ।

सन्दीप शर्मा