डाडाखेतको बालमन्दिर विद्यालयको भवन पुर्ननिर्माणका लागि म्याग्दी समाज अमेरिबाट २ लाख २१ हजार सहयोग

  • २९ असार २०७५, शुक्रबार
  • धिरन खत्री
  • 1731 पटक पढिएको


बेनी २९ असार । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण लागि म्याग्दी समाज अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

दुई तले १० कोठे भवन तिव्र निर्माण कार्य भएको विद्यालयको लागि डाडाखेत निवासी हाल अमेरिका रहेका मनोज बानियाँको सक्रियतामा २ लाख २१ हजार १७० रुपैयाँ सकंलन भएको थियो । सो रकम प्रदेश सदस्य विनोद केसीले शुक्रबार विद्यालयमा पुगेर भवन पुर्न निर्माणको स्थलगत हेर्दै गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँ र आर्थिक संयोजक सुमन बानियाँ र प्रअ रामप्रसाद पाैडेल हस्तान्तरण गरेको हुन् ।

विधालयको पुर्व विद्यार्थी मनोज बानियाँ र दिपा बानियाका तथाा म्याग्दी समाज अमेरिकाका अध्यक्ष अम्मर छन्त्याल, वरिष्ठ उपाध्यक्ष इन्द्रमाया क्षेत्री, महासचिव लिलम पुन र निर्वतमान अध्यक्ष रामबहादुर भण्डारीको सक्रियतामा रकम संकलन भएको थियो । सोही अवसरमा जलजला समाज अस्टेलियाबाट ४५ हजार र स्थानीयबासी चन्द्रबहादुर चन १ लाख ५ हजार सहयोग विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बानियाँलाई हस्तान्तरण गरिएको हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश सदस्य विनोद केसीले पुर्न–निर्माणको कामलाई तिव्रता दिने विद्यालयका ब्यवस्थापन समिति, शिक्षक अभिभावक र देशविदेशबाट सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै आवश्यक सहयोगको लागि प्रदेशबाट उपलब्ध गराउन पहल गर्ने बताए । उनले भौतिक पुर्वाधार निर्माणसंगै विद्यालयमा विधार्थी सख्या बढाउन गुणस्तरी शिक्षामा जोड दिन आग्रह गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी भौतिक पुर्वाधार ब्यवस्थित बनाएजस्तै दैनिक पठनपाठनलाई गुणस्तरीय बनाउन प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा जोड दिदै निजि विद्यालयको आकर्षण दिन आग्रह गरेका थिए । सोही अवसरमा बेनी नगरपालिका– ४ का अध्यक्ष गोविन्द्र पौडेललको उपस्थितमा प्रअ शर्माको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति र शिक्षक तथा समाजसेवीहरुको उपस्थित भएको थियो ।
२०७३ फागुन २६ गते साँझ विद्युत सर्ट भएर आगोलागी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ती भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l