बेनीमा २०५ औ भानु जयन्ती मनाइयो

  • २९ असार २०७५, शुक्रबार
  • साधन राम्जाली
  • 2659 पटक पढिएको

बेनी २९ असार । बेनीमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आदीकवी भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती मनाइएको छ । म्याग्दी साहीत्य सञ्चारको आयोजना र माउन्ट एभरेष्ट आवासीय माविमा गठीत बुलबुल पाठक समूहको सह आयोजनामा रचना बाचन गरेर दिवस मनाइएको हो । माउण्ट एभरेष्ट आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा विभिन्न साहीत्यकारहरुले रचना बाचन गर्नुका साथै भानुभक्तले नेपाली भाषा र साहीत्यमा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए ।


बुलबुल साहित्यीक पत्रिकाका प्रधान सम्पादक चन्द्रबहादुर लामीछानेको अध्यक्षता, म्याग्दी साहीत्य सञ्चारका उपाध्यक्ष सन्दिप खत्रीको सञ्चालन र भिम श्रीपालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सीपल पियुसकुमार रोयले साहीत्य समाजको ऐना भएको बताउनुभयो ।

कार्यक्रममा साहीत्यकारहरु रेखाकौशल रेग्मी, लोकनाथ भुषाल (घायलश्री), दण्डपाणी सापकोटा, सञ्चारका कोषाध्यक्ष हिरा शर्मा संघर्ष, विद्यालयका सञ्चालक राजु केसी, गणनाथ पौडेल, हिक्मत ढकाल, गंगा बानिया लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।  दिपक शर्मा, बिक्रम बोहोरा, भिम श्रीपाली, बिशाल थापामगर, मनिषा हमाल, अस्मि थापा, रुपक विश्वकर्मा, नितु पुन लगायतले रचना बाचन गर्नुभएको थियो ।

साधन राम्जाली