धौलागिरिमा खानेपानीको नमुना परीक्षण

  • २९ असार २०७५, शुक्रबार
  • प्रताप बानियाँ
  • 1745 पटक पढिएको

म्याग्दी, २९ असार ।  पश्चिम म्याग्दीको धौलागिरी गाँउपालिका–३, मुनामा खानेपानीको नमुना परीक्षण सम्पन्न भएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र कदम म्याग्दीको आयोजनामा खानेपानीको नमुना परीक्षण गरिएको हो ।

वडा अध्यक्ष पूर्म पुन, स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरुको सहभागितामा मुहानदेखि गाग्रीसम्मको प्रयोगमा खानेपानीको स्वच्छता पत्ता लगाउने उद्देश्यले नमुना परीक्षण गरिएको आयोजकले जनाएका छन् । मुनाको दर भूमेथान खानेपानी मुल, खिमसा खानेपानी, घट्टेखोला नेपानी मुहान, मुना भूमेथान खानेपानी तथा खालखोला मुल, ओखले मुल, शिलाभिर र खारीबार मुल गरी ८ वटा मुलको पानी परीक्षण गरिएको थियो ।

योसँगै ट्याङ्की, धारा र गाग्रीको समेत गरी १८ वटा स्थानको खानेपानीको नमुना परीक्षण गरिएको कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारले जानकारी दिएकी छिन् । खानेपानीको नमुना परीक्षणमा पानीमा भएको तापक्रमको मात्रा (एज्), कडापन (ज्बचमलभकक) र क्ष्चयल को मात्रा तथा कोलिफम मात्राको जाँच गरिएको थियो । परीक्षण गरिएका स्थानहरुको पानीमा यी चारै प्रकारको मात्रा जाँचमा खारीबार मुलको पानीमा एज् को मात्रा र ज्बचमलभकक को मात्रा बढी देखिएको पानीको गुणस्तर परीक्षक (असिस्टेन्ट सव–ईन्जिनियर) याम विकले बताए ।

यसैगरी खारीबार मुलको पानी प्रयोगसँगै अन्य स्थानको पानी प्रयोग गर्नुभन्दा पहिला घरेलु पानी शुद्धिकरणको विधि (उमालेर, फिल्टर गरेर, सोडिस गरेर) मात्र पानी प्रयोग गर्ने विषयमा उपभोक्ताहरुलाई कदम म्याग्दीका जनस्वास्थ्य सहायक मिजारले सहजीकरण गरेकी थिइन् । गतवर्ष सन् २०१७ मा पनि परियोजनाबाट लुलाङको ४ वटा खानेपानीका मुहान अन्तर्गत ३२ वटा स्थानको खानेपानी नमुना परीक्षण गरिएको थियो ।

 

प्रताप बानियाँ