शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

  • २७ असार २०७५, बुधबार
  • 1530 पटक पढिएको

 


बेनी २७ असार । म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् ।जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरीक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रजिअ लिलाधर अधिकारीले जनप्रतिनिधी, कर्मचारी र सबै क्षेत्रले स्वच्छ आलोचनालाई स्वागत गर्नुपर्ने बताउदै परिणाममुखी काम गर्नुपर्ने, अभिलेखको व्यवस्थापन गर्नुपर्ने, नेतृत्व जिम्मेवार बन्नुपर्ने र विद्युतीय सञ्चार माध्यमको उपयोग गर्न सकिने बताए ।जिल्ला वन अधिकृत माधव देवले जनता र सम्बद्ध निकायमा सूचनाको हकमा भएका व्यवस्थाको बारेमा जानकारीको कमी भएको बताउदै ऐनको प्रचारप्रसार गर्नुपर्ने बताए । उनले कार्यालयहरुले संयुक्त रुपमा प्रगति विवरण सार्वजनीक गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । बेनी नगरपालीका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, ४ का गोविन्द पौडेल र ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाले के कति सूचना प्रवाह गर्न मिल्ने, नमिल्ने भन्ने विषयमा सबैलाई जानकारी हुनुनर्पे बताए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र पत्रकार महासंका प्रदेश सदस्य सन्तोष गौतम, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले समयमै सहित सूचना प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्माले सहजिकरण गर्नुभएको थियो । कानुनले निधेष गरेका बाहेकका सार्वजनीक महत्वका विषयमा सूचना पाउने र सम्प्रेषण गर्ने संबैधानीक व्यवस्था अनुसार प्रत्येक कार्यालयमा तोकिएका सूचना अधिकारी वा प्रवत्ताबाट सूचना लिन सक्ने अवस्था छ ।