कालीगण्डकीमा जिप दुर्घटनामा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा आए !

  • २० असार २०७५, बुधबार
  • 6009 पटक पढिएको

म्याग्दी २० असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका– ९ का ३१ वर्षिय रवी (इन्द्र बहादुर) खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली वेपत्ता भएका थिए ।

कालिगण्डकी नदीमा जिप खसेर दुर्घटना भएपछि बर्षाको कारण पानीको बहाब बढेको कारण दुबै जनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भीक अनुमान गरिएको थियो। तर दुर्घटना भएको ६ दिनपछि बुधवार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन् । दुर्घटना लगत्तै वेपत्ता भएका खड्का र नेपालीको परिवार समेत सुरक्षा निकायकै समन्वयमा कालिगण्डकी नदीमा खोजीकार्यमा जुटेका थिए । दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

दुर्घटना भएको यतिधेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आबश्यक अनुसंधान प्रकृया अगाडी बढाईएको प्रनाउ बुढामगरले जानकारी दिनुभयो ।दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात दुर्घटनामा परेपछि आफु खोलामा उछिट्टीएको र फौडी खेलेर बाहीर निस्कन सफल भएको बयान दिएका छन् । तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ । साे दुर्घटनामा परेकी नेपालीकाे अबस्था भने अहिलेसम्म पनि पत्ता लाग्न सकेकाे छैन् । घराम्दीकी दलीत युवती सविता नेपाली संग उनको सम्बन्ध रहेको रहस्य खुलेपछि स्थानीयले सवितालाई खड्काको जिम्मा लगाएर पठाएका थिए । सवितासंगको सम्बन्धलाई स्विकार गरि खड्काले उनलाई सोही जिपमा राखेर बेनी तर्फ आउँदै गर्दा सो दुर्घटना भएको थियो ।

               यस्तो दिए चालकले प्रारम्भीक बयान

मलाई घराम्दीबाट पोखरा जाने मान्छे छन् भनेर फोन आयो । त्यसपछि म प्यासेन्जर लिन घराम्दी पुगेँ । त्यहाँ म पुग्दा गाउँले जम्मा भएका थिए । गाउँलेले सिकाएपछि सबिता नेपालीले आफ्नो पेटमा भएको बच्चा मेरो भन्न लगाए । मैले मेरै हो भने । उनीहरुकै सल्लाहमा मैले उनको जिम्मा लिने गरि गाडीमा चढाएर ल्याएको हुँ । दुर्घटना भएको स्थानमा अकस्मात गाडी मेरो सन्तुलन भण्दा बाहीर गयो र हामी कालीगण्डकीमा खस्यौँ ।

गाडी खस्दै गर्दा म भाग्यले उछिट्टीएर खोलामा परेँ । म करिब एक सय मिटर तल कालीगण्डकीमा पौडी खेलेर बल्न बाहिर निस्कीएँ । दुर्घटनापछि गाडी र उनको अबस्था केही देख्न सकिन् । गाडी पुरै ढुब्न लागिसकेको थियो । दुर्घटनाबाट बाँचेपनि मलाई अरुले मार्छन भन्ने डर लाग्यो । किनकी आफुसंगै आएको अर्को मान्छे सम्पर्कमा थिएन् । म उज्यालो भइन्जेल सडक मुनीको ओढारमा लुकेर बसेको थिए । साँझ परेपछि मोटरबाटो हुँदै गलेश्वरदेखि पर्वत बगरफाँट हुँदै मिलनचोक पुगेर त्यहाँ गाडी चढेर गएको हुँ ।
(प्रनाउ वीरबहादुर बुढामगरसंगको कुराकानीमा आधारित)