छारेरोग शिविरबाट ४६ जना लाभान्वित

  • ९ चैत्र २०७३, बुधबार
  • 3535 पटक पढिएको

म्याग्दी, ९ चैत । नेपाल छारेरोग संघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा बुधबार सम्पन्न निःशुल्क छारेरोग शिविरमा ४६ जना लाभान्वित बनेका छन् । छारेरोगबाट पिडित भएका विरामीहरुको उपचार र यस रोगबारे जनचेतना फैलाउनका लागि विशेषज्ञ डाक्टरहरु ल्याएर शिविर गरिएको शिविरका संयोजक चित्र तिलिजाले जानकारी दिनुभयो ।


छारेरोग सम्बन्धि समस्या भएका म्याग्दीका विभिन्न ठाउँबाट आएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण संगै औषधी वितरण र आबश्यक परामर्श सेवा समेत दिईएको थियो । शिविरमा नेपालका साथै भारत र बेलायतबाट समेत आएका विशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परिक्षण र परामर्श सेवा प्रदान गर्नुभएको संयोजक तिलिजाले बताउनुभयो ।
शिविरमा डाक्टर कपिल उपाध्याय, भिक्टोर, ममतासिंह, हेमाभराज भण्डारी लगायतले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो भने रमेश पौडेल, गिरबहादुर खत्री, संकर मालकार,रचना जोसी.लगायतको स्वास्थ्यकर्मीहरुले औषधी वितरण लगायतको सेवा प्रदान गर्नुभएको थियो ।